संयुक्त दलित अधिकार सुस्ता द्वारा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र
श्याम थापा
सुस्ता ३० मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाई संयुक्त दलित अधिकार सघर्ष समितीका पदाधिकारीहरुले ध्यानाकर्षण पत्र र निर्णयको जानकारी पुस्तिका समेत बुझाएका छ्न ।
विभिन्न समुदायबाट पछाडी पारिएका दलित समुदायका हकहित तथा उत्थानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने भन्दै समितिका पदाधिकारीहरुले पालिकाको पाङ्गणमा पालिका अध्यक्ष पाण्डेयलाई भेटघाट गरि ध्यानाकर्षण पत्र र निर्णय पुस्तिका समेत बुझाएका हुन ।
रोजगारीमा समानुपातिक समावेशी,दलित उत्थान कार्यक्रम ,बिधालय व्यवस्थापन समितिमा समानुपातिक समावेशी र दलित बस्ती बिकासका लागि पुर्वाधार बिकास कार्यक्रम जस्ता माग सहितको संयुक्त दलित अधिकार सङर्घष समिति सुस्ताका अध्यक्ष राजकुमार हरिजनले ध्यानाकर्षण पत्र बाचन गरि पालिका अध्यक्ष पाण्डेयलाई बुझाएका थिए ।
समितिको ध्यानाकर्षण पत्र बुझ्दै सुस्ता गाउँपालिकाको अध्यक्ष पाण्डेयले आफू रहदा सम्पुर्ण स्थानमा सम्पुर्ण समुदायको समानुपातिक समावेशी रूपले सुस्ता गाउँपालिकालाई अघि बढाउने र कुनै किसिमको अवसरहरुमा दलित समुदालाई बढी प्राथमिकता दिने उनले बताए । समितिले आफ्नो संगठनलाई सुस्ताका सम्पुर्ण वडामा बिस्तार गर्न लागेको निर्णय पुस्तिकामा जानकारी समेत गराएको छ ।