शिव शक्ति युवा क्लब द्वारा दिप प्रज्वलन र बुद्ध जयन्ती मनाइयो ।

श्याम थापा

सुस्ता २५ बैषाख

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबले दिप प्रज्वलन तथा महामानव गौतम बुद्धको २५६४ औं जयन्तीको उत्सव मनाएको छ ।

देशका प्रधानमन्त्री के पि शर्मा ओलिको निर्देशन अनुसार साझको सात बजे दिपप्रज्वलन तथा बुद्ध जयन्ती उत्सव क्लबले मनाएको छ । बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि देशमा पनि कोरोनाको उच्च जोखिम नबढ्न दिनको लागि अहवरात्र खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संचारकर्मी र एम्बुलेन्स ड्राइभरहरु मनोबललाई थप उच्च राखिदिनको लागि र कोरोना सन्क्रमित बिरामीहरुको चाडो निको होस भन्ने कामनाको साथ श्री शिव शक्ति युवा क्लब सुस्ता ५ सकरदिन्ही गाउँको प्रवेश द्ववारमा महामानव गौतम बुद्धको तस्बिर निर्माण गरि सोही तस्बिरमा दिपप्रज्वलन कार्यक्रम गरिएको हो ।

दिप प्रवज्वलन तथा बुद्ध जयन्ती कार्यक्रम गरि देशको अग्रपंक्तिमा रहेर कोरोना भाइरस न्यूनीकरण गर्नका लागी अवहरात्र खटिएका लागि गरिएको कार्यक्रमले आफू र आफ्नो गाउँबासीमा पनि कोभिड १९ कोरोना भाइरसको विरुद्धमा जुध्नका लागि थप उर्जा प्रदान गरिएको क्लका सल्लाहकार सन्जित कुमार शर्माले बताए ।

त्यस्तै दिप प्रवज्वलन र जयन्ती कार्यक्रममा बोल्दै क्लबका संस्थापक सदस्य गोबिन्द थापा मगरले मानिसहरु जहिले पनि शान्तिको बाटो र अहिंसा बिचारधारीको रूपमा आफुहरुलाई पहिचान बढाढै अघि बढ्नु पर्ने संस्थापक सदस्य थापाले बताए ।

श्री शिव शक्ति युवा क्लबले सुस्ता ५ सकरदिन्हीले बि स २०५४ साल देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबका अध्यक्ष टेक बहादुर मगरले जानकारी गराए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *