विकाश कुरेकाे हाम्रो गाऊं

लेखक : नाथुराम क्षेत्री

प्रतापपुर २ सेमरी

हाम्रो पुरानाे गाऊं, नाम चलेकाे गाउँ
ठूलाे गाउँ ,दुई वडामा बिभक्त गाउँ
हाटबजार लाग्ने गाउँ ,नेताहरूकाे प्रिय गाउँ
“सेमरी” हाे नाऊं ।

वर्षा भयाे कि सडक पानीमा डुब्छ,साईकल कांध चढ्छ ।

भन्छन साराले , तपाईकाे गाउँ त जस्ताकाे त्यस्तै छ ।
भन्नै पर्छ स्थानिय सरकार हाम्रै छ, चिनजान राम्रै छ ।।
अरबबाट धेरै पछी विकाश बाबू अाउनु भयाे ।
गाउँ जस्ताकाे त्यस्तै पाउनु भयाे ।।
चुनावकाे बेला,नेताले बाडेकाे अाश्वासनकाे पाेका ।
धैर्यकासाथ संगालेर राखेकाछाैं, कति दिन्छाै धाेका ।।
गाेबरकाे थुप्रो ,अर्थात गाेबरकाेट नामै फेरि माधाेपुर भएछन
अास-अासमै हामी विकाश कुरेछम,स्थानिय सरकाकाे अवधि
थाेरै बचेछन ।।
भन्नुहुन्छ, तपाईंहरूले कुरेकाे विकाश चुनावी बजेटमा पर्छ ।
अहील्यै विकासगरि दिए ,चुनावमा भाेट कस्ले दिन्छ ।।
खाल्टाे उहीँ,ढल उहीँ,हिलाे उहीँ,झुप्रो उहीँ,गाउँ उही सेमरी ।
फेर्दैनाै नाम हामी,मेटाउंदैनाै पहीचान,भनुन बरू मरेकाे सेमरी।

नजर परेन सरकारकाे-----चित्रमा पराेस नजर यहांकाे

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *