राष्ट्रिय युवासंघ नेपाल नवलपरासी द्वारा आगलागी पिडितलाई राहत बितरण

श्याम थापा

सुस्ता ९ बैशाख

पश्चिम नवलपरासी पाल्हिनन्दन गाउपालिक वडा न ६ पडरीमा आगलागीवाट पिडित परिवारलाई राष्ट्रिय युवासंघ नेपाल नवलपरासीले राहतका लागि खाधान्न सामाग्रीहरू बितरण गरेको छ ।

जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा न ६ पडरी गाउमा बैशाख ७ गते शुक्रबार साझ चिया पसलवाट सुरु भएको आगलागीवाट १३ घर जलेर नगद,अन्न,लता कपडा र पशुचौपाया नि जलेको थियो ।

आगलागी भएको भोलिपल्ट बिहानै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारी लगाएत राष्ट्रिय युवासंघ नेपाल नवलपरासीको टोलि स्थलगत अनुगमन पश्चात तत्कालै आवश्यकता अनुसार पिडित १३ घर परिवार लाई ५० केजि चामल, तेल, नुन, आलु प्याज, हरियो तरकारी लगाएतको खाद्यान्न सामाग्री बितरण गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपरासीका अध्यक्ष धन प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *