युथ भिजन त्रिबेणी द्वारा यौन धन्दा रोक्न ज्ञापन पत्र

श्याम थापा

सुस्ता ७ बैशाख

पुर्वी नवलपरासी बिनयी त्रिबेणि गाउँपालिका स्थित त्रिबेणि धाममा रहेको युथ भिजन अर्गनाइजेसनले त्रिबेणिमा यौन धन्दाको कारोबार रोक्नको लागि विभिन्न सम्बन्धि निकायहरुमा ज्ञापनपत्र बुझाएको छ ।

ऎतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिबेणीमा अहिले पछिल्लो समय यौनजन्य गतिविधि व्यापक रुपमा बढी रहेको हुदा यस्ता गतिबिधि रोक्न सामाजिक सस्था युथ भिजन अर्गनाईजेसन विनयी त्रिबेणीले अग्रसरता लिएको हो ।

युथ भिजन अर्गनाइजेसन संस्थाले विनयी त्रिबेणी गाउँपालिका वडा न ६ र ७ का समाजसेबी, बुद्धिजिबी लगायतको उपस्थितिमा ऎतिहासिक धार्मिक तथा पर्यटकीय स्थल त्रिबेणिमा भेला गराई त्रिबेणि धाममा रहेकोे विभिन्न होटलहरुमा भइरहेकोे यौनजन्य कामलाई तत्काल रोक लगाउन हस्ताक्षर सकलन गरि बिभिन्न निकायमा ज्ञापन पत्र बझाएको हो ।

धार्मिक गन्तव्यको रुपमा पहिचान बोकेको त्रिबेणीमा खुलेयाम रुपमा यौन धन्दा हुदा पनि सरोकारवाला निकाय र प्रहरी प्रशासन मौन देखिएको हुदा तत्कालै यस्ता गतिबिधि रोक्न वडा कार्यलय, गाउँपालिकाको कार्यालय,ईलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रसासन कार्यलय कावासोतीमा ध्यान आर्कषण सहित ज्ञापन पत्र बझाईएको युथ भिजन अर्गनाइजेसनका सयोजक अर्जुन अर्यालले जानकारी गराएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *