युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण

श्याम थापा
सुस्ता २४ साउन
युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण कार्यक्रम पुर्वी नवलपरासी स्थित त्रिबेणिमा रहेकोे ग्रान्ट होटलमा सम्पन्न गरेको छ ।
जल जङ्गल र जैविक बिबिधताको संरक्षणलाई मध्यनजर गर्दै युएस आईडीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का जनप्रतिनिधि,बिषयगत शाखाका कर्मचारी,महिला संजाल,बन उपभोक्ता समिती र खानेपानी उपभोक्ता समिति लगायत सरोकारवाला ब्यक्तिहरुलाई जल जंगलको महत्त्व बारे एक दिने अभिमुखिकरण गरेको हो ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै जल जंगल परियोजनाका अधिकृत किरण न्यौपानेले परियोजनाको मुख्य उद्देश्य रूपमा प्राकृतिक श्रोत संरक्षण गर्दै जल जंगलको महत्त्व बढाई सुस्ता गाउँपालिकाको कार्यालयलाई यो बिषयमा पहिलो प्राथमिकता राखेर काम गर्न पनि आग्रह गर्नु भएको थियो ।
त्यस्तै अभिमुखिकरण कार्यक्रममा गमला रहेकोे बिरुवालाई पानी चढाएर कार्यक्रमको उद्द्घाटन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले कुनै पनि प्राणीलाई हावापानीको एकदमै आवश्यक रहेकोे हुन्छ भने हामी मानवलाई जल जंगल एकदमै महत्त्वपूर्ण बिषयबस्तु मानिने हुदा यसको संरक्षण र उपयोग नागरिकहरुलेनै गर्नुपर्ने बताउनुभयो ।
सन २०२२ देखि नेपालमा संचालनमा आएको जल जंगल परियोजनाले काठमाडौंको तल्लो भागको क्षेत्र तर्फ काम गर्दै आएको र परियोजनाको कुल बजेट ३१ मिलियन अमेरिकी डलर र नेपाली बजेटमा ४ अरब १८ करोड रहेकोे छ ।
सिमसार क्षेत्र,महत्त्वपूर्ण चराहरुको संरक्षण,बन्यजन्तु आतंकबाट निम्तिने द्वन्दहरु नियन्त्रण,प्रदुषण न्यूनीकरण र पुर्वाधार बिकासबाट पर्ने असर,जलवायु परिवर्तन न्यूनीकरण,वातावरणीय अपराधको रोकथाम,खानी उत्खनन तथा दोहनमा नियन्त्रण,प्राकृतिक श्रोत साधनको संरक्षण गर्ने,जलवायु परिवर्तनको अनुकूलता कसरी न्यूनीकरण गर्न सकिन्छ । लैङ्िगक समावेशीलाई मध्यनजर गर्दै काम गर्ने,प्राकृतिकमा अधारित व्यवसायीहरु तयार तथा सहयोग,
नीति नियम निर्माणमा सहयोग,क्षमता अभिबृद्दी तालिम,किसानहरुलाई जलवायु परिवर्तन सम्बन्धि व्यसायी बनाउने उद्देश्यका साथ परियोजनाले काम गर्दै आइरहेको जल जंगल परियोजनाका निर्देशक आशा बुढाले बताउनु भएको छ ।
सो अभिमुखिकरण कार्यक्रमको सहजीकरण जल जंगल परियोजनाका अधिकृत किरण न्यौपाने र परियोजना निर्देशक आशा बुढाले गर्नु भएको थियो ।