माधव कुमार नेपालले हाछ्यु गरे भने प्रचण्ड त्रसिन्छ :नेता थापा
श्याम थापा
सुस्ता १५ चैत्र
नेपाली काङ्ग्रेसका महामन्त्री युवा नेता एवं प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले अहिलेको गठबन्धनको सरकार के कति दिन हो भन्दै व्यंग्यात्मकमा माधव कुमार नेपालले हाछ्यु गरे भने पनि प्रधानमन्त्री प्रचण्ड त्रसिने बताएका छन् ।
नेता थापाले चैत १५ गते देखि समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत दोस्रो संवाद यात्राको कार्यक्रमलाई पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाबाट सुभारम्भ गर्दै अहिलेको सरकार केही दिनको लागि मात्र रहेको र जब नेकपा एकीकृत समाजबादीका नेता माधव कुमार नेपालले म यो सरकारमा नरहने भन्यो भने पनि सरकार तुरुन्त ढल्ने मात्र नभई माधव कुमार नेपालले हाछ्यु गरेपनी प्रचण्ड त्रसेर सात्तो समेत जाने बताएका छन् ।

नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय गगन कुमार थापाले समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत महामन्त्रीसंग नागरिक संवाद कार्यक्रमको यात्रा जिल्लाको प्रतापपुर गाउँपालिका स्थित सुर्यपुरा बिपि चौकमा राखिएको बिपिको शालिकमा मालाअर्पण गर्दै दोस्रो पटकको संवाद यात्रा आज बिहिवार देखि सुरुवात गरेका हुन ।
आज बिहिवार बिहानको करिब ७ बजे सुर्यपुरा बिपि चौकबाट सुरुवात गरिएको संवाद यात्राको क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री एवं युवा नेता थापालाई नेपाली काङ्ग्रेस पार्टीका कार्यकर्ताले जिल्लाको विभिन्न चौक चौरहामा स्वागत गरेका थिए ।

यात्राको क्रममा नेता थापाले हुलाकी सडक र पुर्व देखि पश्चिम सम्मको राजमार्गका छेउछाउमा बस्ने आम नागरिकहरुले भोगेका समस्या र पिडाबारे नागरिकहरु संग भेटघाट गर्दै संवाद कार्यक्रम गर्दै हिडिरहेको नेपाली काङ्ग्रेस पार्टी पश्चिम नवलपरासीले जानकारी गराएको छ ।
नागरिक संग संवाद कार्यक्रम अन्तर्गत नेता थापाले आज चैत १५ गते देखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (SEE) को अवसरमा प्रतापपुर गाउँपालिकामा रहेकोे त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी परिक्षा केन्द्रमा परिक्षा दिन आएका विद्यार्थीहरुलाई भेटघाट गरि शुभकामना दिएका थिए ।