भारतबाट घुसपैठ गर्दै गरेका २ जना मुस्लिम सुस्ताको मुख्यनाकामा पक्राउ
श्याम थापा
नवलपरासी १ बैषाख
भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा पश्चिम नवलपरासी सुस्ताको मुख्यनाकामा दुई मुस्लिम पक्राउ परेका छ्न । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५ को सलामन मिया रहेका छ्न । भारतको दिल्लीमा भएको निजामुदिन तब्लिकी जमातको सभामा भाग लिएर भारतमा लुक्दै बसेको र रातको समयमा मौका छोपी महाराजगन्ज जिल्ला कनमिसवा ग्राम हुँदै सुस्ता गाउँपालिकाको मुख्य नाका नथइनगर भइ नेपाल प्रवेश गर्न लाग्दा द्वेव मुस्लिम पक्राउ परेको हो । द्वेव मुस्लिम भारतको कनमिसवा हुँदै नेपाल आउदै गर्दा भारतीय सुरक्षाकर्मीले केही सोधपुछ नगरी नेपाल पठाउन लाग्दा नेपाल तर्फ खटिएका नेपाली सुरक्षाकर्मी र सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको नेतृत्व टोलिले उनीहरुलाई नेपाल भारतको सिमामा नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले जानकारी दिएका छ्न ।