भारतबाट आएका नेपालीलाई भारत तिरै फिर्ता

संजय कुशवाहा / अंगद यादव

नवलपरासी बैशाख २६

कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ४६ औं दिन भारतबाट आएर खुला सीमाबाट स्वदेश छिर्न खोजने लाई प्रवेशमा रोक लगाइ फिर्ता पठाइएको छ ।

भारतको गुजरात र बुम्बईबाट आएर पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको बहहिया नाकाबाट ९ जना,धर्मौलीबाट १ जना ,कठहवाबाट १ जना त्यस्तै सुस्ता गाउपपलिकाको बन्कटी नाकाबाट ४ जना गरि कुल १५ जना पुरूष खुल्ला सिमाबाट स्वदेश छिर्न खोज्दा भाइरस नियन्त्रणका लागि सीमामा परिचालित सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ ।


सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीले भारतबाट आएका १५ जनालाई दशगजा नजिकै बाट नियन्त्रणमा लिई उनिहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबी झुलनिपुरको जिम्मा लगाएको हो ।

कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि नेपाल-भारत खुला सीमा परिचालित सशस्त्र प्रहरीले उनिहरुलाई प्रवेशमा रोक लगाउदै भारतीय एसएसबीको जिम्मा लगाई भारतको महराजगंज जिल्ला निचलैाल स्थित क्वारेन्टाइनमा राखिने सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *