बर्दघाटको केराबारिमा कार दुर्घटना,एक को मृत्यु २ घाईते
मुक्ती तिवारी
नवलपरासी १९ बैषाख
बर्दघाट नगरपालिका वडा नम्बर १६ केराबारिमा कार दुर्घटना हुदा कार चालकको मृत्यु भएको छ। भने अन्य दुई जना घाईते भएका छन।
बर्दघाटबाट त्रिबेणितर्फ गइरहेको बा १२ च २००९ नम्बरको कार आफै अनियंत्रित भइ दुर्घटना हुन पुगेको हो ।
बिहिबार साझ भएको दुर्घटनामा मृत्यु हुनेमा बर्दघाट नगरपालिका-४ निवासी अन्दाजी बर्ष ४५ का हरि भुर्तेलको निधन भएको छ। त्यसैगरी घाईते हुनेमा बर्दघाट-४ निवासी बर्ष ४५ का राम प्रसाद पाण्डे र सोही ठाउ निवासी बर्ष ३९ को गोकर्ण शर्मा रहेका छन।उनिहरुको उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरि कार्यलय पश्चिम् नवलपरासीका सुचना अधिकारी (डि एसपी) बिरेन्द्र थापाले जानकारी दिए ।
तिव्रगतिका कारण कार अनियंत्रित हुदा सडकको बिपरित दिसामा रहेको बिजुलिको पोल मा ठोकिन पुग्दा दुर्घटना भएको बताईएको छ।