बर्दघाटका वृद्ध व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ, कोरोना संक्रमण नभएको पुष्टि

बिकास अधिकारी, बैशाख १०
पश्चिम नवलपरासीको बर्दघाटका एक वृद्धको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसंगै ति वृद्ध व्य िक्तमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा भएको परिक्षणमा रिर्पोट नेगेटिभ आएको प्रयोगशालाका डाक्टर राजेन्द्र गिरीलाई उदृत गर्दे जिल्ला स्वास्थय कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो ।

ति ७८ वर्षिय वृद्ध व्यक्तिको बर्दघाटको चिसापानी अस्पतामा भएको र्यापिड टेष्ट पोजेटिभ आएपछि कोरोना संक्रमणको आशंकामा पिसिआर परिक्षणका पृथ्वी चन्द्र अस्पताल परासीमा नमुना संकलन गरी बुटवल पठाईएको थियो । ति वृद्ध व्यक्तिलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसोलेनसमा राखिएकोमा अब डिस्चार्ज हुने अस्पतालका कोरोना फोकल डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । पश्चिम नवलपरासीमा मात्र होईन प्रदेश पाँचमै पहिलो पटक पिसिआर रिपोर्ट पोजेटिभ आएपनि यो रिपोर्टको धेरैमा प्रतिक्षा बढेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *