प्रतापुरले गर्यो आ.ब ०८०/०८१ को लागि राय सुझाव संकलन
श्याम थापा
सुस्ता १ असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सर्वपक्षीय रूपमा राय सुझाव संकलन तथा अन्तरकृया कार्यक्रम गरेको छ ।
प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतमा भएको आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रमका लागी राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा प्रतापपुर गाउँपालिका भित्र रहेका दलिय प्रतिनिधी,अगुवा किसान,संघ संस्था प्रतिनिधि,बुद्धिजीवी र शिक्षक लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

राय सुझाव तथा अन्तरक्रिया कार्यक्रममा गण्डक नदि नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने र गण्डक कमान्ड क्षेत्र भित्र हुने डुबान जस्ता समस्याको दीर्घकालीन उपायहरु निति तथा कार्यक्रममा ल्याउनु पर्ने राय सुझाव दिएका छन् । त्यस्तै गरेर नेपाल रेडक्रस बेलाटारी उपशाखाका प्रतिनिधि केदार पाण्डेयले शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
युवा समाजसेवी युवराज मौर्यले मल खाद्यको अभावले केरा,उखु किसानमा निराशा छाउन लागेको हुदा मलखाद व्यवस्थापन र खेलकुदको बिकास तर्फ निति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव व्यक्त गरेका छन् ।
त्यसैगरी प्रतापपुर २ का पुर्व वडा अध्यक्ष इश्वरी चौधरीले निति तथा कार्यक्रममा जनताको चासो सहितको बजेट तथा निति कार्यक्रम समावेश गर्नु पर्ने,उत्पादन मुलक कार्यक्रमहरु समावेश हुनुपर्ने र आम नागरिकको राय सुझाव लिएर अघि बढ्न सुझाव दिएका थिए ।
सो राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा शिक्षक घनश्याम यादव,रिन्कु कोइरी,माहादेव यादव,त्रिभुवन माध्यमिक बिधालयका प्रध्यानाध्यापक नारद ठाकुर,प्रतापपुर ८ का पुर्व वडा अध्यक्ष कादिर अलि र बिरेन्द्र कोइरी लगायतले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका थिए ।
आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको लागी आएको राय सुझावलाई आत्मसात गरेर पालिकाले सोही अनुसार निति तथा कार्यक्रम सहित बजेट बनाउने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताएका छन् ।