प्रतापपुर ४ मा १००० दिनका आमाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण
सुस्ता सन्देश संवाददाता
सुस्ता २६ चैत्र

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ४ ठूलो खैरटहवामा गर्भवती तथा सुत्केरी सम्बन्धि १००० दिनको आमाहरूलाई स्वास्थ्य सचेतना बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर गाउँपालिका वार्ड न ४ को वडा कार्यालयको आयोजनमा भएको गर्भवती तथा सुत्केरी सम्बन्धि १०० दिनको आमाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा करिब १ सय ५० जना आमाहरूको सहभागिता रहेकोे थियो ।

१००० दिनको आमाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमको प्रतापपुर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले उद्द्घाटन गर्दै महिला दिदिबहिनीहरुले स्वास्थ्य जस्तो बिषयमा गम्भीरता अपनाउनु पर्ने किन भने जब सम्म आमाहरु स्वस्थ्य रहदैन तब सम्म बाल बच्चाहरु पनि स्वस्थ्य नरहने बताउदै आफ्नो र परिवारको सम्पूर्ण ख्याल राख्न महिलाको अहम भुमिका रहेको बताएका छन् ।
अभिमुखिकरण कार्यक्रममा गर्भवती हुदा नियमित चेकजाँचका कुरा तथा सुत्केरी हुदा कहाँ र कसरी हुने भन्ने बिषय बस्तुमा रहेर सहभागीहरुलाई गुठीसुर्यपुरा स्वास्थ्य संस्थाका प्रमुख संजय कुमार शर्माले सहजीकरण तथा अभिमुखिकरण गराएका थिए ।