प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधि भारत प्रस्थान

श्याम थापा

सुस्ता १८ पुस

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधिहरु छिमेकी राष्ट्र भारत तर्फ प्रस्थान गरेको छ ।

उखु किसानहरुको मध्यनजर राख्दै प्रतापपुर गाउँपालिकाले उखु खेती सम्बन्धिको कृषि यान्त्रिक बारे अध्ययनका लागि प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा टोलि छिमेकी राष्ट्र भारत प्रस्थान गरेको हो ।

प्रतापपुर गाउँपालिका उखु र केरा खेतीको पकेट क्षेत्र मानिने गाउँपालिका भएको कारण प्रतापपुर गाउँपालिकामा करिब २ हजार हेक्टरमा उखु किसानले खेती गरि आइरहेको छन् भने उखु किसानले नयाँ नयाँ प्रबिधि भन्दा पनि आफ्नै परम्परागत अनुसार उखु खेती गर्दै आउदा उखु किसानलाई विभिन्न समस्या तथा पीडा भोग्न परेको छ सो पिडामा केही हदसम्म पालिकाको मार्फत भएता पनि मलम लाउन सकिन्छ कि भनेर पालिकाबाट उखु कृषि यान्त्रिकको अध्ययन गर्न छिमेकी राष्ट्र भारत तर्फ जनप्रतिनिधि,सम्बन्धित बिषयका कर्मचारी लगायतको टोलि लिएर प्रस्थान गरिएको पालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भएको छ ।

पालिका अध्यक्ष यादवको भनाइ अनुसार भ्रमण टोलिले छिमेकी राष्ट्र भारतको महाराष्ट्रमा नयाँ प्रबिधि अनुसार भएको उखु खेतीको अध्ययन तथा उखु कृषि यान्त्रिकको अध्ययन गर्ने र पालिकाले निर्णय गरे अनुसार उखु कृषि यान्त्रिक अन्तर्गत हार्भेस्टर नामकको यान्त्रिकको बारे बुझ्ने र सो यान्त्रिकले उखु किसानको उत्पादन लागतमा के कसरी कम गर्न सकिन्छ सो बिषयको लागतमा अध्ययन गरिने उहाँले बताउनुभयो ।

भ्रमण टोलिमा पालिका अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा प्रतापपुर गाउँपालिका वडा अध्यक्ष,कार्यपालिका सदस्य,कृषि सम्बन्धित कर्मचारी,पत्रकार सहित १३ जनाको टोली आज बुधबार छिमेकी राष्ट्र भारतको महराष्ट्र शहर तर्फ प्रस्थान गरेको हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *