प्रतापपुरले गर्यो स्वयंसेविकालाई सम्मान

श्याम थापा

सुस्ता २० जेठ

पश्चिम नवलपरासीको प्रतापपुर  गाउँपालिकाको कार्यालयले सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई एक कार्यक्रम गरि सम्मान गरेको छ ।

स्वास्थ्य शाखा प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान कार्यक्रममा गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा कार्यरत ६१ जना सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको हो ।

सामुदायिक स्वास्थ्य महिला स्वयं सेविकाहरु आफ्नो कार्य क्षेत्रमा काम गर्दा आवश्यक कागजात तथा डकुमेन्टहरु राख्नलाई सहज हुने र सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरु कहिले कसो रातीको समयमा पनि सेवाग्राहीका समस्या आउँदा पुग्न पर्ने र घाम पानीमा पनि हिडडुल गरि सेवा गरेर समुदाय स्तर स्वास्थ्य क्षेत्र तर्फ थप टेवा पुग्ने उद्देश्यले एक थान झोला,एक थान इमरजेन्सी टर्च र एक थान छाता दिएर सामुदायिक स्वास्थ्य महिला स्वयं सेविकालाई  सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुराउले बताएका छन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले कार्यक्रमको सम्बोधन गर्दै सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान रहेको आज पालिकाले सानो सामग्री दिएर महिला स्वयंसेविकाको सम्मान गरेर केही हदसम्म सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुको मागलाई पालिकाले सम्बोधन गर्न सकेको र अगामी दिनमा अझ पालिकाले मध्यनजर गरेर काम गर्ने बताउदै सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाले आफ्नो काम कर्तव्य सधै यसरी नै गर्दै जान र प्रतापपुरलाई स्वास्थको क्षेत्रमा समग्र रूपमा अघि बढाउनको लागि काम गर्न आग्रह गरेका छन् ।

सो सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका अध्यक्ष एवं प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष मान कुमारी चौधरीले सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्यको निशुल्कको रूपमामा काम गर्ने खम्बा रहेको र स्वास्थ्य क्षेत्रमा रहेकोे सुचकहरु पूरा गर्नको लागि सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरु नभए लक्ष्य पूरा गर्न नसकिने भन्दै स्वास्थ्य क्षेत्रमा स्वयं सेविकाहरुको उल्लेखनीय काम रहेकाले उनिहरुलाई सम्मान गर्न अति आवश्यक ठानेर पालिकाले सम्मान गरेको उनले बताइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *