प्रतापपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास
श्याम थापा
सुस्ता १८ फाल्गुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।
आज शुक्रबारको दिन एक कार्यक्रम गरि प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले बिशेष पुजापाठ सहित भवनको निर्माण कार्यको लागि भुमी पुजन गरि शिलान्यास गर्नुभएको हो ।

करिब २ करोडको लागतमा निर्माण हुन लागेको प्रतापपुर गाउँपालिका वार्ड न ९ बेलाटारीमा पर्ने प्रतापपुर स्वास्थ्य चौकीको भवन निर्माण कार्यको शिलान्यास पालिका अध्यक्ष उमेश चन्द्र यादवले गर्दै आफू र आफ्नो जनप्रतिनिधिको टिम स्वास्थ्य क्षेत्रमा एकदमै गम्भीर रहेको हुदा आफ्नो कार्यकाल सम्ममा स्वास्थ्य संस्थाको भवन नभएको वडाहरुमा पनि स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गर्ने उहाँले बताउनुभयो ।
पालिका अध्यक्ष यादवको अनुसार प्रतापपुर स्वास्थ्य संस्थाको पुरानो जग्गामा भएको ठाउँमा नेपाल सरकारको अनुमति अनुसार पालिकाको प्रशासनिक भवन निर्माण भएको र उक्त स्वास्थ्य संस्थालाई स्थानीय ब्यक्ति राजेश चौधरीसंग जग्गादान लिएर स्वास्थ्य संस्थाको भवन निर्माण कार्यलाई टेन्डर प्रकिया गरिसकेपछि शिलान्यास गरि भवन निर्माण कार्य अगाडि बढाएको बताउनु भएको छ ।

स्वास्थ्य चौकी भवन निर्माण कार्य जिम्मेवारी पाएको कृष्ण कन्स्ट्रक्सन बुटवल ११ रुपन्देहीले यही मिति २०८० मंसिर महिनाको २६ गते सम्झौता गरि अगामी २०८१ साल पुस महिनाको २५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको निर्माणकर्ताले जनाएको छ ।
प्रतापपुर स्वास्थ्य चौकीलाई अन्योलमा पालिकाले राखेर स्वास्थ्य चौकीको जग्गामा पालिका का अध्यक्ष उमेश चन्द्र यादवले आफ्नो मनमोजी ढंगले पालिकाको प्रशासनिक भवन निर्माण गर्न थालेको र स्वास्थ्य चौकी भवन अब नबन्ने अनावश्यक प्रचारबाजी सहित केहि दलका ब्यक्तिहरुले महिना सम्म पालिका अघि कालो पट्टि बाधेर धर्ना र अनशन बसेका थिए भने आज शुक्रवार दिनको स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास कार्यक्रमले ती दलका ब्यक्तिहरुलाई नराम्रो झटका लागेको छ ।