प्रतापपुरमा सुत्केरी कुरुवा कक्ष निर्माण

सुस्ता सन्देश डेक्स

सुस्ता २० कार्तिक

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सुत्केरी कुरुवा कक्ष निर्माण भएको छ ।

ग्रामीण भेगमा कतिपय सुत्केरी हुने महिला दिदीबहिनीहरु घरमै सुत्केरी हुने र घरमै सुत्केरी हुदा बच्चा र आमाको अकालमा मृत्यु हुने सम्म सम्भावना बढेको र सो अवस्थालाई कम गर्न र सुत्केरी गराउन ल्याउने सुत्केरीका कुरुवा र सुत्केरीलाई केही सहज हुने उद्देश्यले निर्माण भएको सुत्केरी कुरुवा कक्षको आज एक कार्यक्रम गरि उद्द्घाटन गरिएको छ ।

फेयर मेड फाउन्डेसन नेपाल,इन्द्रेणी सामाजिक बिकास मञ्चको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजना र प्रतापपुर गाउँपालिकाको सयुक्त लगानीमा प्रतापपुर गाउँपालिका स्थित वार्ड न २ जगन्नाथपुर आधारभुत अस्पताल सेमरीमा निर्माण भएको सुत्केरी कुरुवा कक्षको प्रतापपुर पालिका का अध्यक्ष उमेश चन्द्र यादवको करकमलबाट उद्द्घाटन भएको हो ।

जगन्नाथपुर आधारभुत अस्पताल सेमरीका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षयतामा र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा भएको सुत्केरी कुरुवा कक्ष उद्द्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पालिका अध्यक्ष यादवले सुत्केरी कुरुवा कक्ष निर्माणमा सहयोग गरेको फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चलाई धन्यवाद दिदै यो कुरुवा कक्षले पालिकाले लिएको जिरो होम डेलिभरी पालिकाको अभियानलाई काम गर्न ठुलो मदत पुर्याउने र यो कुरुवा कक्षको संरक्षणको र संचालनको सम्पुर्ण जिम्मेवारी पालिकाले लिने बताएका छन् ।

पालिका अध्यक्षले सुत्केरी कुरुवा कक्षको महत्त्वलाई बखान गर्दै यो पालिकामा मात्र नभई जिल्लामा पहिलो रहेको र सो सुत्केरी कुरुवा कक्षले ग्रामीण भेगबाट तथा टाढाबाट आउने सेवाग्राहीहरुलाई सहज हुने र सेमरी अस्पतालमा सुत्केरी हुन आउने महिला दिदीबहिनीको लागि केही तातो र झुलिलो चिजहरु बाहिरबाट रातिको समयमा खरिद गरेर खान पर्ने समस्याको अन्त्य हुने बताए ।

उद्दघाटन कार्यक्रममा बोल्दै फेयर मेड फाउन्डेसन नेपालका साझेदारी तथा स्वास्थ्य सुशासन बिज्ञ तुलसीराम खनालले सुत्केरी कुरुवा कक्षले घरमा प्रसुती हुने अवस्थालाई कम गर्ने र पालिकालाई जिरो होम डेलिभरी पालिका निर्माण गर्न ठूलो मदत गर्ने भन्दै सुत्केरी कुरुवा कक्षको महत्त्व बारे प्रकाश पारेका थिए ।

कार्यक्रमको उदेश्य माथी प्रकाश इन्द्रेणी सामाजिक बिकास मञ्चका सुचना अधिकारी एवं आधारभुत स्वास्थ्य परियोजनाका संयोजक पुष्पराज आचार्यले पारेका थिए भने सो अवसरमा जगन्नाथपुर आधारभुत अस्पताल सेमरीका व्यवस्थापक कुन्दन कुमार सिंह,अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेश यादव,फेयर मेड फाउन्डेसन नेपालका तुलसीराम खनाल लगायतले सुत्केरी कुरुवा कक्षको महत्त्वबारे आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *