प्रतापपुरको बैदौलीमा स्वयं हेरचाह समुहका पदाधिकारी र वडा बिच संवाद कार्यक्रम सम्पन्न
सुस्ता सन्देश डेक्स
प्रतापपुर १६ माघ
बिश्व उपेक्षित उष्ण प्रदेशिय रोग दिवस २०८० को अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ५ स्थित बैदौली स्वास्थ्य संस्थामा स्वयं हेरचाह समुह र वडा कार्यालय बीच संवाद कार्यक्रम आज मंगलबारको दिन सम्पन्न भएको छ ।
बसहिया स्वयं हेरचाह कृषक समुहका अध्यक्ष रामआशिष कहाँरको अध्यक्षयतामा र प्रतापपुर गाउँकार्यपालिका सदस्य एवं प्रतापपुर गाउँपालिका वार्ड न ५ का वडा सदस्य शुभावती देवी पासीको प्रमुख अतिथ्यतामा”उपेक्षित उष्ण प्रदेशिय रोगको निवारण,सहकार्य र एकता हाम्रो उदाहरण”भन्ने मुल नाराको साथ
बिश्व उपेक्षित उष्ण प्रदेशिय रोग २०८० को अवसरमा उपेक्षित उष्ण प्रदेशिय रोग प्रभावित ब्यक्तिहरु,बसहिया स्वयं हेरचाह समुहका पदाधिकारी र वडा बिच भएको संवाद कार्यक्रममा उपेक्षित उष्ण प्रदेशिय रोग अन्तर्गत हात्तीपाइले र कुष्ठरोगबाट प्रभावित ब्यक्तिहरुले घर समुदाय र समाजमा खेप्न परेको पीडा र समस्यालाई बारे संवाद द्वारा छ्लफल गरिएको थियो ।

घर समुदाय र समाजले त यो रोगबाट प्रभावित ब्यक्तिहरुलाई उपेक्षित गरेको छ भने यता स्थानीय तहको पनि यस्ता रोगबाट प्रभावित ब्यक्तिहरु प्रती नजर कम गएको सहभागीहरुले गुनासो गरेको थियो । प्रभावित ब्यक्तिहरुको अनुसार वडा र पालिकाले स्वयं हेरचाह समुहलाई थप मजबुत र समुहको प्रभावकारी बनाउन राज्यले नै ध्यान दिनुपर्ने भन्दै पालिका प्रतिनिधि एवं कार्यपालिका सदस्य शोभा देवी पासीलाई ध्यानाकर्षण गराएका थिए ।
संवाद कार्यक्रमका प्रमुख अतिथि एवं कार्यपालिका सदस्य शोभा देवी पासीले उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावित ब्यक्ति तथा समुहका लागी पालिकाले निति तथा कार्यक्रममा बजेट समावेश गरेको र अगामी दिनमा पनि प्रतापपुर गाउँपालिकाले यस बिषयलाई गम्भीरता साथ अगाडि बढाउने बताइन् ।
सो संवाद कार्यक्रममा बसहिया स्वयं हेरचाह कृषक समुहका पदाधिकारी,उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावित ब्यक्ति र अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण बैदौली स्वास्थ्य संस्थाका प्रमुख कौशल कुमार यादवले गरेका थिए ।