प्रतापपुरको कुल बजेट करिब ७२ करोड
श्याम बुचा
सुस्ता,५ असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका कार्यालयले आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित कुल बजेट करिब ७२ करोड बजेट ल्याएको छ ।
प्रतापपुर गाउँपालिका कार्यालयको आज बुधबारका दिन आयोजना गरेको १६ औं गाउँ सभा अन्तर्गत आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत कार्यक्रममा पालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम सहित कुल ७१ करोड ७९ लाख ३४ हजार रकम अनुमानित बजेट ल्याएको हो ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि पशु ,पुर्वाधार बिकास,युवा तथा खेलकुद,लैङ्गिक समावेशी तथा सामाजिकरण,पर्यटन बिकास,समाजिक बिकास र पालिकालाई सुशासन तथा जनउत्तरदायि जस्ता निति तथा कार्यक्रमलाई प्राथमिकता राख्दै आगामी आर्थिक बर्ष ०८१/०८२ को लागि ७१ करोड ७९ लाख ३४ हजार बिनियोजन गरेको छ भने चालु तर्फ ४७ करोड ४७ लाख १० हजार र पुजिगत तर्फ २४ करोड ३२ लाख २४ हजार रकम अनुमानित गरिएको छ ।
जस मध्ये संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान रु १३ करोड ३८ लाख,शसर्त अनुदान चालु रु २४ करोड ५२ लाख ३४ हजार,शसर्त अनुदान पुजिगत रु ३ करोड ४८ लाख,बिशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड ५० लाख रहेको छ त्यस्तै प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान रु ९४ लाख २९ हजार र समपुरक अनुदान रु ७० लाख आम्दानी प्राप्त रहेकोे छ । त्यसैगरी राजस्व बाडफाडबाट प्राप्त हुने आमदानी संघीय सरकार बाट ११ करोड ३ लाख,प्रदेश सरकारबाट रु ५३ लाख ९५ हजार र स्थानीय सरकारबाट ५० लाख रहेकोे छ ।
प्रतापपुर गाउँपालिकाले अनुमानित गरिएको बजेटको क्षेत्रगत रूपमा हेर्ने हो भने आर्थिक बिकास तर्फ १० करोड ४५ लाख ३ हजार,सामाजिक बिकास तर्फ २९ करोड १२ लाख १३ हजार,पुर्वाधार बिकास तर्फ १९ करोड १८ लाख ५६ हजार,सुशासन तथा अन्तरसम्बन्धित तर्फ १ करोड ४४ लाख ६२ हजार र कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च तर्फ ११ करोड ५९ लाख क्षेत्रगत रूपमा वर्गीकरण गरिएको छ ।
प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को प्रमुख अतिथ्यतामा भएको प्रतापपुर गाउँपालिकाको १६ औं गाउँ सभा अन्तर्गत निति तथा कार्यक्रम र बजेट प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)ले प्रतापपुर गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार बजेट पनि ल्याएको भन्दै प्रसंशा व्यक्त गर्दै बजेट कार्यान्वयन गर्नका लागि सम्पुर्ण जनप्रतिनिधिहरु आ आफ्नो ठाउँबाट लाग्नुपर्ने र पालिकालाई बनाउने हो भने सबै जनप्रतिनिधिहरु साझा विचार लिएर अघि बढ्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।