प्रतापपुरका कर्मचारीलाई उच्च रक्तचाप बारे अभिमुखिकरण
श्याम थापा
सुस्त ५ जेठ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका का विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई उच्च रक्तचाप बारे अभिमुखिकरण गरिएको छ ।

स्वास्थ्य शाखा प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको १ दिने उच्च रक्तचाप बारे अभिमुखिकरणमा प्रतापपुर गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेकोे थियो भने अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रतापपुर गाउँपालिका का प्रमुख मन्तोष कुमार मुराउले गरेका थिए ।

बिश्व लगायत नेपालमा पनि बढ्दो समस्याको रूपमामा रहेको उच्च रक्तचापको कारणले मानिसहरु अकालमा तथा उमेर नपुग्दै मृत्युु हुने जोखिम तिब्र रहेको हुदा उच्च रक्तचापलाई ब्यक्तिले नियन्त्रण गर्नमा जोड दिनुपर्ने जब सम्म आफ्नो शरीरको ख्याल आफैंले नगर्दा सम्म अरुले गरेर नहुने भन्दै समय समयमा रक्तचाप जाँच गराउनु पर्ने स्वास्थ्य शाखा प्रमुख मुराउले बताए ।

स्वास्थ्य शाखा प्रमुख मुराउका अनुसार उच्च रक्तचापलाई नियन्त्रण गर्न विभिन्न उपायहरु अपनाउन सकिने जस्तै मध्यपान र धूम्रपान सेवन नगर्ने,समय समयमा रक्तचाप चाज गराउने,नुनको मात्रा कम गर्ने र शारीरिक व्यायाम हरु जस्ता उपायहरु अपनाउन पर्ने बताएका छन् ।