पुर्वराजा शाहद्धारा सरावलको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा
सुस्ता सन्देश संवाददाता
सुस्ता १७ पुस
पुर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको बर्दघाटेमा रहेको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा गर्नुभएको छ ।
पुर्व राजा शाहले सरावल गाउँपालिका वार्ड न ७ बर्दघाटेको कालीका मन्दिरमा पुजाआजा गर्नको लागि आज मंगलबारको दिन नवलपरासी आउनु भएको हो ।
पुर्वराजाको आगमनका क्रममा राजावादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो भन्दै नाराबाजी गरेका थिए । शाहले पुजाआजा पछि मंचमा पुगेर सम्मान ग्रहण गर्नुभएको थियो ।
पुर्व राजा शाहलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले मायाको चिनो प्रदान गर्नुभएको थियो । हात हल्लाएर उपस्थित शुभेच्छुकलाई अभिभावदन गर्नुभएका शाहले सो क्रममा केहि बोल्नुभएन् ।
प्रतिनिधि सभा सदस्य प्रधानले पुर्वराजाको भ्रमणले यस क्षेत्रको महत्व झनै बढेर गएको बताउदै बर्दघाटे कालिका मन्दिरको पनि विकास र प्रर्वद्धन हुने विश्वास व्यक्त गर्नुभयो । प्रधान केहि दिन देखि पुर्वराजाको भ्रमणको तयारीमा खटिदै आउनुभएको थियो । सो क्रममा स्थानिय तहले समेत पुर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । स्थानिय तहको तर्फ देखि मायाको चिनो प्रदान गर्नेमा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरी, सरावल वडा नम्बर ३ का वडाअध्यक्ष फिरंगि चौधरी लगायत रहेका थिए ।बर्दघाटे कालिका मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको छ । सो मन्दिर कहिले स्थापना भयो भन्ने एकिन नभएपनि एक सय वर्ष भन्दा पनि पुरानो रहेको मन्दिरका महन्थ सुदामा दासले जानकारी दिनुभयो । उक्त मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ ।
बर्दघाटे कालिका मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको छ । सो मन्दिर कहिले स्थापना भयो भन्ने एकिन नभएपनि एक सय वर्ष भन्दा पनि पुरानो रहेको मन्दिरका महन्थ सुदामा दासले जानकारी दिनुभयो । उक्त मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ ।