Blog

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुदै प्रहरी प्रशासन मौन

श्याम थापा

सुस्ता ५ जेठ

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ ।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत नर्सही स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन रहेको छ ।

नर्सहीमा रहेको ठोक्कर न.१५ र १६ अगाडि  नारायणी नदि बाट प्रहरी प्रशासन रामनगरको मिलोमतोमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको स्थानीयहरुले बताएका छन ।

नारायणी नदि बाट यस्तो अवैध कार्य भैरहेको भन्दै पटक पटक प्रहरी प्रशासनलाई गाउँलेहरुले खबर गर्दा पनि कानमा तेल हाली मुखदर्शक बनेको भन्दै सुस्ताबासीले आरोप पनि लगाएका छन ।

नारायणी नदि बाट साझ र दिउँसो गरि दैनिकी रूपमा

८० देखि १०० टाली गिट्टी,बालुवा र ढुंगा निकासी गरि स्थानीय दलालहरुले सुस्ता गाउँपालिकाका अन्य वडाहरु मात्र नभई नजिकको भारत सम्म लगि बिक्री गरिरहेको स्थानीयबासीहरुले बताएका छन ।

स्थानीयहरुलाई आफ्नो गाउँ घरको घरायसी कार्यको

लागि नारायणी नदि बाट गिट्टी बालुवा र ढुंगा निकालेर ल्याउने बखतमा प्रहरीहरु आएर पकडने गरेको र सोही कार्य स्थानीय दलालहरुले गर्दा प्रती टाली ५ देखि १ हजार का दरले रामनगर प्रहरी चौकीका ईन्चार्ज धर्म बहादुर कुवरलाई दिनुपर्ने एक ट्याक्टर चालकले बताए ।

प्रहरी चौकी इन्चार्ज कुवरले पैसा नखाई ट्याक्टर टाली नछोड्ने गरेको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन ।

यति खेर स्थानीय दलाल र प्रहरीले नारायणी नदिमा राति र दिनको समय प्रयोग गरि अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी गराइ रहेको छ ।

नारायणी नदि बाट अवैध रुपमा निकासी भएको गिट्टी बालुवा र ढुंगाको कारणले गर्दा पक्लिहवाका स्थानीयबासीहरुको खेतीयोग्य जग्गाहरु कटान भै क्षति हुने र गण्डक कमाण्ड  क्षेत्रका  साबिकका गा.बि.स हरु

पक्लिहवा,नर्सही,गुठिप्रसौनी,गुठिसुर्यपुरा,त्रिबेणि सुस्ता,रुपौलिया,बैदौली,खैरट्वा,सोमनी,भुजहवा लगायतका १३ वटा साबिक गा.बि.स हरु डुबानमा पर्ने पनि बढी सम्भावना रहेको गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीका सचीव शैलेन्द्र कुमार शर्मालेे  बताउनु भयो ।

सोही बिषयमा पत्रकार श्याम थापाले फोनबाट कुराकानी गर्दा प्रहरी चौकी रामनगरका प्रहरी चौकी इन्चार्ज कुवरले नदिजन्य बस्तुको चोरी कार्यलाई प्रहरीहरुले नरोक्ने बताए ।

अवैध रुपबाट भैरहेको गिट्टी बालुवा र ढुंगा लाई रोक लगाउनको लागि पक्लिहवाका स्थानीयबासिहरुले सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायलाई आग्रह पनि गरेका छन ।

सो नारायणी नदिबाट भइरहेको गिट्टी बालुवा र ढुङ्गा चोरी कार्यलाई तत्काल रोक नलगाए प्रहरी प्रशासनको कडा  बिरोधमा उतर्ने पक्लिहवाबासीहरुले चेतावनी पनि दिएका छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *