नवलपरासी र कपिलवस्तु का किसानहरु अान्दाेलन गर्न काठमाडौ पुगे

नन्दु यादव

मसिर ३० नवलपरासी

लामाे समय देखि उखुकाे भुक्तानी नपाएकाे किसान भुक्तानी का लागि काठमाडौं केन्द्रीत अान्दाेलन गर्न किसानहरुकाे टाेली काठमाडौं पुगेकाे छ ।

उखु किसान सघर्ष समिति सर्लाही काे राजधानी अान्दाेलन प्रतिपुर्ण ऐक्यबद्धता जनाउदै उखुकाे उत्पादक कृषक समिति नवलपरासी काे अगुवाइ मा नवलपरासी र कपिलवस्तु का सयाै किसानहरुकाे टाेलि काठमाडौं पुगेकाेे उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादव ले जानकारी दिनु भयाे ।

बिगत ३बर्ष देखि बक्याैता रहेकाे उखुकाे सम्पुर्ण भुक्तानी अबिलम्ब हुनुपर्ने ,यश क्रसिङ सिजन ०७७/७८काे उखुकाे मुल्य उत्पादन लागतकाे अाधारमा रु ६१७ प्रति क्वीन्टल कायम हुनुपर्ने र भेली उद्योग हरुमा किसानले बिक्री गरेकाे उखुकाे समेत अनुदान रकम नेपाल सरकारले दिनुपर्ने लगायतकाे माग राख्दै किसानहरुकाे टाेली काठमाडौं पुगेकाे हाे ।

किसानहरूको माग पूरा नभएसम्म अान्दाेलन जारि राख्ने उखु उत्पादक कृषक समिति नवलपरासी काे अध्यक्ष यादव लेे बताउनु भयाे । सरकारलेे किसानकाे समस्या समाधान गर्न नसकेकाे टाेलीका नेता एवम नवलपरासी पुर्व सासद देवकरण कलवार सन्तु ले अाराेप लगाउनु भयाे ।अब हामि काठमाडौं अाईसकेका छाै अान्दाेलनकाे अाधिबेहरी सृजना गरि मिलमालिक र सरकारलाई घुडा टेकाउने समेत जिकिर गर्नु भयाे।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *