नवलपरासी केरा उत्पादक संघ द्वारा केरा किसानलाई तालिम संचालन
श्याम थापा
सुस्ता १३ जेठ
पश्चिम नवलपरासीमा केरा उत्पादन संघ नवलपरासीले केरा किसानहरुको मध्यनजर गर्दै केरा उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम संचालन गरेको छ ।
नवलपरासी केरा उत्पादक संघले जिल्लाका केरा किसानहरुलाई दक्ष भारतीय प्रशिक्षकद्धारा बढि केरा उत्पादन र सोको व्यवस्थापनका विषयमा तालिम प्रदान गरेको हो ।

तालिम संघका अध्यक्ष लख्खु प्रसाद यादवको अध्यक्षता, सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा उक्त दुई दिने तालिम शनिबार देखि सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा संचालन भइरहेको छ ।

तालिमको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष यादवले हाम्रो केरा किसानले केरा उत्पादन गर्नका लागि अत्याधिक रूपमामा बढी लागत लगाउने र ती बढी लगानीलाई कसरी कम गर्ने र किसानहरुलाई केरा खेतीमा थप आकर्षित गराउने उद्देश्यले भारतको महराष्ट कोल्हापुरका केरा विषका विज्ञ सुधाकर दमामे,अमित कुमार सिंह र राजकुमार खिरुगडेले तालिममा प्रशिक्षण गरिरहेका छन् ।
तालिममा सुस्ता ५ का करिब ९० जना केरा किसानहरुको सहभागिता रहेको छ भने तालिममा सहभागीहरुले भारतको केरा विशेषज्ञ द्वारा तालिम पाउदा केरा किसानहरु एकदमै हर्षित भएका छन् ।