नवलपरासीमा स्थानियहरूको संयुक्त आयोजनामा गाजाको बोट नष्ट गरि सरसफाइ

संजय कुशवाहा / नवलपरासी बैशाख २५

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

यसैक्रममा पश्चिम नवलपरासीको प्रतापपुर गाऊपालिका वडा न.६ कठहवामा प्रहरी चौकी गुठी परसौनी ,सो वडाका अध्यक्ष रामहरि उपध्याय ,अंगद यादव ,संजय कोईरी , बेचन कोईरी , स्थानियहरूको संयुक्त आयोजनामा कठहवा गाउँ देखी दशगजा सम्म बाटोको वरिपरि उम्रेका गाजाको बोट नष्ट गरि सरसफाइ गरिएको युवा समाजसेवी धिरज त्रिपाठिले जानकारी दिनु भयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *