नवलपरासीमा सशस्त्र प्रहरीद्वारा दुई लख पचिस हजारको मालसामान नियन्त्रणमा

संजय कुशवाहा / रबिन्द्र यादव

नवलपरासी जेठ ५

लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको कठहवा ,बौदोली ,धरमौली ,बसहिया लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नेपालबाट भारत तर्फ भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि धानको बिउ ,मल ,केरा बालिमा छर्ने बिशादी अौषधी ,रक्सी र भारतिय पलेट युपी ५७ यच ९२६८ नम्बरको मोटरसाइकल लगायत करिब दई लाख पचिस हजार बराबरको मालसामान दशगजाको छेउबाट नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । तस्कर फरार भएका छन ।
सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक जनकराज भण्डारी र सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्ती टाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो ।

नियन्त्रणमा लिइएकाे मालसामान र भारतीय नम्बरको मोटरसाइकल स्थानिय ,पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठिप्रसौनीले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *