नवलपरासीमा भारत द्वारा कल्भर्ट निर्माणमा अवरोध

श्याम थापा

सुस्ता २४ मंसिर

हुलाकी सडक अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ६ कठहवा स्थित दशगज्जाको छेउमा निर्माण भइरहेकोे कल्भर्ट निर्माण कार्यलाई भारतले रोक लगाएको छ ।

प्रतापपुर गाउँपालिकाको बेलाटारी देखि कठहवा स्थित नेपाल भारतको सिमा सम्म करिब ९ किलोमिटरको दुरिका लागी हुलाकी सडक कालोपत्रे जिम्मेवारी पाएको कन्ट्रायक प्राली द्वारा दशगज्जा नजिककै निर्माण गरिरहेको कल्भर्टको काम भारतको सिमा सुरक्षा बल एस एस बिले रोकेको छ ।

भारतीय पक्षका अनुसार नेपालले निर्माण गर्दै गरेको कल्भर्ट भारतको केही मिटर भुभाग मिचेर बनाएको कारण छ्लफल बिना निर्माण कामलाई अघि नबढाउन भन्दै रोक लगाएको छ भने कल्भर्ट निर्माण तथा हुलाकी सडक निर्माण कामको जिम्मेवारी पाएका कन्ट्रायक प्रालीका प्रतिनिधि दिपक थापाको अनुसार सो स्थानमा पहिलैको पुरानो ह्युमपाइप लगाएको कल्भर्ट रहेको र सो काम गर्न भन्दा पहिलै पनि भारतीय पक्ष र नेपाली पक्षका सुरक्षाकर्मीसंग छ्लफल अनुसारनै काम अघि बढाएको तर काम गरेको दश दिन पछि भारतीय सिमा सुरक्षा बल एस एस बि ले आएर काम रोकेको बताउनु भयो ।

भारतीय पक्ष बाट कल्भर्ट निर्माण कामको अवरोध भएपछि स्थलगत अनुगमन तथा अवलोकन गर्न सो स्थान पुगेका पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सशस्त्र प्रहरी बल नेपाल २६ न गणका गणपति महेश अधिकारीले निर्माण स्थल निरक्षण गर्नु भएको छ र प्रमुख जिल्ला अधिकारी पाठकले नाङ्गो आखाले हेरेर मात्र नहुने र सरकारी निकाय द्वारा नाप जाच गरि सो भुमि भारतमा पर्छ पर्दैन भनेर एकिन गरेर अघि बढने जानकारी दिनु भएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *