नर्सही महिला बचत सहकारीको १४औ बार्षिक साधारणसभा सम्पन्न ।

धिरज गुरुङ

नर्सही ७ पुष

पश्चिम् नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा न ४ नर्सहिमा रहेको नर्सही महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरि समान उद्देश्य भएका ब्यक्तिहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक आवश्यकता परिपुर्ती गराई आर्थिक अवस्थामा सुधार ल्याई उनीहरुको जिविका पार्जन शसक्त बनाउन सहयोग पुरयाउने मुल उद्देश्यले बि स २०६३ सालमा दर्ता भएको महिला बचत सहकारीले अार्थिक बिकास सङ संगै बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ ।

साधारणसभामा सस्थाकाे लेखा संयाेजक दुरपती चौधरीले आ ब ०७६/०७७ काे कुल २३ लाख २५ हजार ७ सय २६ रुपैया बराबर काे कारोबार गरेको प्रतिबेदनमा प्रस्तुत गरेकी थिइन् । साथै संस्थाले ५ लाख ९८ हजार ५ सय ८९ रुपैया बराबरकाे शुध्द नाफा गरेको छ ।

संस्थामा कुल ६ सय ६ जना शेयर सदस्य सख्या रहेको महिला बचत सहकारीले कृषि, पशुपालन, बैदेशिक राेजगार ,शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे संस्थाका ब्यवस्थापक कुमारी गुरुङले बताइन ।

नर्सही महिला बचत सहकारीलाई २०७२ साल देखि सहमति संस्था र लुथरन वर्ल्ड रिलिफ साझेदारीमा संचालित अन्तर सिमा बाढि उत्थानशिल परियोजना सहयोगी निकायको रूपमा पाएको पनि संस्थाका ब्यवस्थापक गुरुङ्गले बताइन् ।

नर्सही महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीमती सरस्वती क्षेत्रिको सभापतित्व तथा सुस्ता गाउँपालिका अध्यक्ष श्री राम प्रसाद पाण्डेयकाे प्रमुख अतिथ्यतामा भएको १४ बार्षिक साधारणसभामा सुशिला पंजियारको स्वागत मन्तब्य रहेको थियाे भने नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुस्ता ४ नर्सहीका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङ,सहमती संस्था लुथरन वर्ल्ड रिलिफ रानिनगरका फिल्ड इन्चार्ज भरत आचार्य, नेपाल राष्ट्रिय माध्यमिक बिधालय नर्सहीका प्रधानाध्यापक कासिराम अर्याल, संगालो साना किसान संस्था नर्सहिका अध्यक्ष नन्दलाल गुप्ता, सुस्ता गा.पा. उप-प्रमुख इन्द्र कुमारी थरुनी, सुस्ता ४ नर्सहिका वडाध्यक्ष अशोक कुमार गुरुङ लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सो साधारणसभामा असल बचत कर्ता, असल कारोबार कर्ता, पत्रकार, सुरक्षाकर्मिलाई दाेसल्ला अाेढाएर सम्मान समेत गरिएको थियोे भने कार्यक्रमको संचालक सरिता श्रेष्ठ गुरुङले गरेकि थिइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *