नदि दोहनकर्ताहरुको सक्रियता प्रहरी प्रशासनको मौनता
श्याम थापा
सुस्ता २९ जेठ
पश्चिम नवलपरासीमा नदि दोहनकर्ताहरुको सक्रियता बढेको छ भने प्रहरी प्रशासन मौन रहेको छ ।
गण्डक मर्मत कार्यको बहाना बनाउदै यतिखेर नदि दोहनकर्ताहरुले अबैध रूपमा सुस्ता गाउँपालिका स्थित नारायणी नदीबाट गिट्टी बालुवा र मिस्कट धमाधम चोरी निकासी गरेको छ ।

सुस्ता गाउँपालिकाको वार्ड न ३,४ र ५ को विभिन्न स्थानबाट नदि दोहनकर्ताहरुले अहिले दिनको समयमा मेसिनरी उपकरण अर्थात जेसिबी प्रयोग गरि दिनभरी गिट्टी,बालुवा,ढुङ्गा र मिस्कट हजारौं ट्राली चोरी गरिरहेको छ ।
स्थानीयबासीहरुले आफ्नो घरायसी कार्यमा प्रयोग गर्नका लागि नारायणी नदीबाट नदिजन्य पदार्थ निकासी गर्दा प्रहरीले छोपेर पालिकामा गाडी बुझाउने तर यतिखेर दिन रात गरि त्यही नारायणी नदीबाट अवैध रूपमा गिट्टी बालुवा,ढुङ्गा र मिस्कट निकासी भइरहदा प्रहरी प्रशासन मौन रहनु भनेको नदि दोहनकर्ताहरुले जिल्लाका निकाय सम्म सेटिङ्ग गरेर नदिजन्य उत्खनन गरेको स्थानीयबासीहरुको आरोप छ ।

नदि उत्खनन बारे किन यसरी दिनरात अवैध रूपमा मेसिनरी उपकरण प्रयोग गरेर नदिजन्य सामग्रीहरुको उत्खनन भएको भनेर एक प्रहरीलाई सुस्ता सन्देशले सोधपुछ गर्दा हामीलाई त माथी बाटै आदेश आएको छ नदिजन्य सामाग्री निकाल्न हस्तक्षेप नगर्ने बरु उनिहरुलाई सुरक्षा दिनुपर्ने भनेर आदेश आएको छ भनेर एक प्रहरीले जवाफ दिएका छन् ।
यसरी अवैध रूपमा नारायणी नदिजन्य पदार्थ निकासीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको अधिकान्श गाउँ बस्ती डुबानमा पर्ने देखिन्छ ।

यस बिषयमा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायाण उपाध्याय संग जानकारी लिदा आफ्नो पालिकाले प्राम्भिक वातावरणीय परिक्षण (IEE) वार्ड न ५ पक्लिहवाबाट नदिजन्य सामाग्री निकाल्न मिल्ने र सोही स्थानबाट निकाल्ने ब्यक्ति वा फर्महरुलाई अन्य योजनाहरुलाई पालिकाको राजस्व बुझाई झिक्न दिएको तर अन्यत्र ठाउँबाट निकासी भइरहेको बिषयमा पालिकाको ध्यानाकर्षण भएको र यश चोरी निकासीलाई नियन्त्रण गरिदिनको लागि प्रहरी प्रशासन,जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई पत्रचार गर्दा पनि अहिले सम्म चोरी नियन्त्रण कार्य हुन नसकेको पालिका अध्यक्षले बताएका छन् ।
यसरी नै धमाधम रूपमा नारायणी नदिको उत्खनन हुने भनी एक दिन सुस्ता गाउँपालिकाको र प्रतापुपुर गाउँपालिकाको अधिकान्श गाउँ / टोलका ब्यक्तिहरु डुबानमा परि राहत कुर्ने दिन नआउला भन्न सकिन्न ।