त्रिभुवन माबिले मनायो ७१औं बार्षिकोत्सव तथा अभिभावक दिवस

श्याम थापा

सुस्ता १० माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेकोे त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीले ७१औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।

त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवन्ती पञ्जियारको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यता र प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीको बिशेश अतिथ्यतामा मनाएको ७१औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिधालयका प्रध्यानाध्यापक नारद ठाकुरले बिधालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बिद्यालयका प्रध्यानाध्यापक ठाकुरले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन अनुसार बिद्यालयमा ११ करोड आय र ७ करोडको ब्यय रहेको र बिद्यालयमा कुल १ हजार ८ सय ८८ जना विद्यार्थी रहेको प्रतिबेदनमा उल्लेख छ भने बिद्यालयको बार्षिक प्रगति प्रतिबेदन अनुसार त्रिभुवन माध्यमिक बिद्यालय यस क्षेत्र कै नमुना माध्यमिक बिद्यालय तर्फ अग्रसर भएको देखिन्छ ।

बार्षिकोत्सव तथा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि रहेका एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले शिक्षामा राजनीतिक गर्ने जो कोही ब्यक्ति होस उसलाई आफुले खबरदारी गर्ने र आफ्नो कार्यकालमा समग्र रूपमा प्रतापपुर गाउँपालिकाको शैक्षिक सुधार गरि गुणस्तरीय तथा निशुल्क शिक्षा प्रदान गर्न पालिका हरपल लागि रहने र सामुदायिक बिधालयको गुणस्तरीय शिक्षा कायम गर्नको लागि पालिकाले कुन तहको बिधालय हो त्यही तह अनुसारको शिक्षकलाई प्रध्यानाध्यापकको जिम्मेवारी दिएर पठाएको र त्यसमा पनि केही ब्यक्तिले राजनीतिक गरि समाजिक संजालमा पोस्ट गर्ने देखिरहेको हुदा त्यस्ता गलत गतिविधिबाट अभिभावकहरु पनि सचेत हुनुपर्ने बताएका छन् ।

सो बार्षिकोत्सव तथा दिवसको अवसरमा त्रिभुवन माध्यमिक बिद्यालयमा प्राबिधिक शिक्षा तथा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला र दक्षतालाई प्रयोग गरि बिज्ञान तथा प्रबिधि प्रदर्शन पनि गरेका थिए । विद्यार्थीले बनाएका ती बिज्ञान तथा प्रबिधिहरुलाई बिद्यालयको बार्षिकोत्सव तथा दिवसमा बिज्ञान तथा प्रबिधि प्रदर्शनी मेला जस्तै स्टलहरु तयार गरि प्रदर्शन गरिएको थियो ।

बिज्ञान तथा प्रबिधि प्रदर्शनी मेलाको स्ट्लमा विद्यार्थीहरुले हाइड्रोपावर इलेक्टि्रक पावर प्लान्ट,हाइड्रोलिक जिसिबी,इन्भटर,रेन डिडेक्टर,हाइड्रो इलेक्ट्रोसिटि ड्याम,कन्ट्रोल रुम,टनेल प्रोजेक्ट,स्ट्रेट लाईट,थर्मल पावर प्लान्ट र वायु प्रदुषण रोकथाम जस्ता बिज्ञान तथा प्रबिधिको नमुना तयार गरि प्रदर्शनि गरिएको थियो ।

त्रिभुवन माध्यमिक बिद्यालयले शिक्षा क्षेत्रमा मात्र नभई बिज्ञान तथा प्रबिधि क्षेत्रमा पनि फड्को मारिरहेको वक्ताहरुको भनाइ रहेको थियो भने वक्ताहरुमा त्रिभुवन क्याम्पस बेलाटारीका पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे,त्रिभुवन क्याम्पस बेलाटारीका व्यवस्थापन समितिका पुर्व अध्यक्ष केदार नाथ पाण्डे, प्रतापपुर गाउँपालिका का शिक्षा तथा युवा खेलकुद बिकास शाखा प्रमुख डिल्लीराम ढुंगाना र प्रतापपुर गाउँपालिका वार्ड न ९ का वडा अध्यक्ष जय किशुन चौधरी लगायतका वक्ताहरु रहेका थिए ।

सो अवसरमा बिद्यालयलाई भवन निर्माण गर्नका लागि जग्गा दान गर्ने जग्गादाता गोपाल थारुलाई दोसल्ला र प्रमाणपत्रबाट बिद्यालय सम्मान गर्नुको साथै प्राथमिक तह,आधारभुत तह र माध्यमिक तहमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने पुर्व शिक्षक माधव उपाध्यायको अक्षय कोषको ब्याजबाट नगद एक हजारको दरले १४ जना जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै विभिन्न सास्कृतिक नृत्य तथा नेपालमा विभिन्न जातजातिहरुले प्रयोग गरिने पोशाक सहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *