तरकारी खेतीमै रमाउदै बर्दघाटका युवा कृषक:श्रेष्ठ
श्याम थापा
नवलपरासी ४ जेठ
यता हेर्यो करेला झुन्डिएको, हिड्दा टाउकोमा नै ठोकिने नखाये पनि टिपेर खाउ खाउ जस्तो, उता हेर्यो धन्नै मान्छे को आधा उचाई जत्रो बोडी र लौका, बिहान पख यो दृश्य हेर्ने हो भने आँखालाई पनि शितलता प्रदान गर्ने, यो लोभ लाग्दो दृश्य हो बर्दघाट नगरपालिका वडा न १४, खजुराटोलमा रहेको ब्यवसायिक तरकारी खेतीको ।

अहिलेको २१ औ शताब्दीमा मानिसहरु एक से एक रोजगार , ब्यापार आदिको खोजीमा मग्न भै रहेका बेला २० बर्षको लाउलाउ खाउखाउ भन्ने उमेरमा नै एक उदाहरणीय युवा कृषकको रुपमा परिचीत भएका छन ।
यी युवा कृषक हुन बर्दघाट नगरपालिका वडा न १४ खजुराटोल निवासी सुनिल श्रेष्ठ । सुनिल एक मध्यम घरपरिवारमा जन्म भै बुवा अशोक कुमार श्रेष्ठ र आमा गङगा कुमारी श्रेष्ठ का कान्छा छोरा हुन ।

उनको परिवारमा आमा बुवा, दाजु ,दिदिबहिनी गरि ६ जना को रहेको छ । उनी सानो उमेर देखि कृषी तथा पसुपालन क्षेत्रमा बढी रुचि राख्ने गर्दथे । त्यसैकारण २०७३ सालमा आफ्नो एस एल सि पश्चात् कृषि प्राबिधिक शिक्षा लिई आध्यन गरे ।
प्राबिधिक शिक्षा हासिल गरे पश्चात् राज्यको सेवा सुबिधा लिई काम गर्न सक्थे तर उसले अध्यन गरेर मात्र नभैइ आफ्नो ब्यवहारमा पनि लागू गर्नु पर्छ भनी सोच बनाई २०७६ साल देखि तरकारी खेती गर्न शुरुवात गरे ।
हाम्रो नेपाल जसले कृषिलाई झन्झटिलो र दु:ख को पेशा भनिरहेका बेलामा सुनिलले शुरुवात गरेको यो उदाहरणीय कार्य देखेर घरपरिवारका सदस्यहरु खुशी भएका छन । सुनिल भन्छ्न सबै जनाले जागीर नै खायो भने उत्पादन कस्ले गर्छ ।

त्यसैले म जागिर भन्दा पनि तरकारी खेती गर्छु । मैले तरकारी खेतीबाट बढी आम्दानी गर्न नसके पनि म सन्तुष्ट छु । बजारमा धेरै दिनको बासी , बढी बिषादी छरेको खानु पर्दैन , आफुले उत्पादन गरेको तरकारी खादा झन बढी स्वाद थपिन्छ ।
मानिसहरु अर्काको देशमा जे काम गर्न पनि तयार रहन्छन् , बाध्य हुन्छन् तर आफ्नो मातृभुमिमा पसिना बगाउन हिचकिचाउछन । हो कृषि पेशा दु:ख हुन्छ तर दु:ख नभई सुख कसरी हुन्छ र ? अहिले वैदेशिक रोजगारमा हाम्रो नेपाल बाट मात्रै पनि लाखौं युवाहरु गएका छन् तर ती युवा मध्यका २०% ले मात्र पनि आफ्नै देशमा रहेर कृषि पेशा अगाल्ने हो भने न घरपरिवारबाट टाढा रहनुपर्छ न त अरुमा नै निर्भर हुनुपर्छ ।
आफ्नो घरपरिवारसग बसेर हासिखुसी सागपात खाए पनि त्यस्तो आनन्द कुनै पाँचतारे होटेलमा खाए पनि अनुभुती हुदैन । वैदेशिक रोजगार को कारण जति पनि समस्याहरु उत्पन्न भएका छन् त्यो हुदैन ।

अहिले १ बिघाबाट शुरुवात गरेकोमा करेला, बोडि, फर्सी , लौका, सिम्लामिर्च, धनिया, खुर्सानी, काक्रा गरि तरकारीहरु रोपेका छन् । तरकारी का लगेर बेच्ने भन्ने समस्या छैन, ब्यापारीहरु आफू नउठदै उठाउन आइपुगछन तर अन्य उपभोगका सामाग्रीहरुको मुल्यबाट जती सन्तुष्ट ब्यापारीहरु हुन्छन् त्यति सन्तुष्ट कृषक हुदैनन् ।
मुल्यमा उतारचढाव भैइरहेको हुन्छ । मूल्य पार्छु भएर राख्यो भने झन त्यो पनि बिग्रेर जान्छ । त्यसैले जति मुल्य परे बिक्रि गर्छु । करिब १ लाख ८० हजार को लगानीबाट शुरुवात गरेको तरकारी खेतीबाट हाल हप्तामा करिब ३०/४० हजार बराबरको आम्दानी हुन्छ ।
उनले आम्दानीको हिस्साबाट सहकारीमा ब्याज र बचत तिर्ने गर्छन् । उनले अहिलेसम्म राज्यले कृषि क्षेत्रमा छुट्टयाएको बजेट वा अनुदान केही प्राप्त गरेका छैनन् । अनुदान प्राप्त गरेता पनि नगरेता पनि सुनिलले अहिले लगाएको क्षेत्रफल भन्दा बढाउन चाहन्छ्न ।

उनी बर्दघाट नगरपालिकामा मात्र नभई पश्चिम् नवलपरासीमा युवा कृषकको रुपमा परिचीत हुन चाहन्छ्न । बिस्तारै जग्गाहरु लिजमा लिई तरकारी खेती बढाउदै लैजाने उनको इच्चा रहेको छ र उनले गरेको तरकारी खेतीबाट आफ्नो गाउँ वरपरका ब्यक्तीहरुले सिकेर खेती गरोस,घरपरिवारबाट टाढा बस्न नपरोस भन्ने चाहना छ ।
सुनिल भन्छन कसैलाई केही समस्या आईपर्यो वा कसरी गर्ने भन्ने प्रश्नमा सहयोग गर्दै आईरहेको छु । अहिले निश्चित रुपमा कुनै युवाहरूलाई रोजगार दिन नसकेता पनि भोलि को दिनमा धेरै भन्दा धेरैलाई रोजगार दिने र निरन्तर तरकारी खेती गर्ने उनको लक्ष्य रहेको युवा कृषक सुनिल श्रेष्ठले बताउँछन् ।