जनतालाई गुमराहमा राखेर सबै जस आफूले लिँदै विनोद चौधरी 

सुस्ता सन्देश

सुस्ता १७ पुष

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरी जिल्लामा कहिलेकाहीँ मात्र आउने गर्दछन् । आकल झुकल जिल्लामा निक्लिने गरे पनि चौधरीले जिल्ला आए पछि विभिन्न सरकारी निकायबाट  नवलपरासीमा भएका विकास निर्माण र अन्य योजनाहरू आफुले गर्दा मात्र संभव भएको भन्दै  जनतालाई गुमराहमा राख्ने गर्दै आइरहेका छन् ।  उनको यही शैलीबाट आजित भएका एक असन्तुष्ट कार्याकर्ताले भने,‘ हेर्नुहोस् चौधरी यस्ता पात्र हुन जोसँग तर्क र उदाहरणले कसैले जित्न सक्दैन।’

पूर्व मन्त्री हृदयेश त्रिपाठीले बजेट पारेको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलाको शिलान्यास एक भव्य कार्यक्रमका बिच सांसद चौधरीले गरे ।तर त्यो पुल निर्माणको काम बर्दघाट नगरपालिकाले प्रशासनमा पटक पटक ताकेता गरेपछि पुल निर्माणले गति लिएको छ  ।पुल निर्माणमा आफ्नो पूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका चौधरीले पछि कुनै चासो लिएको देखिएन। पुल शिलान्यासकै समयमा पुलको बजेट ह्र्दयेश त्रिपाठीको पहलमा विनियोजन भएको लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले भाषण गरेका थिए। चौधरीले लिन खोजेको जसलाई पाठकले  भ्रम चिर्ने आशयको वक्तव्य दिए ।अहिले सुस्ताको झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा छ ।  यो जस पनि चौधरी आफैले लिएका छन् । उसो त चुनावमा निकै ठुला र चर्का आश्वासन दिएका चौधरीले निर्वाचन सम्पन्न भएको एक वर्षसम्म पनि केही काम गर्न नसकेको नागरिकको बुझाई छ । निक्कै आशा भरोसामा चुनौतीका बिच चुनाव जितेका चौधरीले जिल्लामा कुनै एउटा समूहमा मात्र चलायमान देखिन्छन् ।

नारायणगढ बुटवल सडक बिस्तारले गति लिएकोमा पनि जस लिन उनी पछि परेनन् । सरकारले नै पहल गर्दा विविध कारणले ढिलाइ भएको सडकले आफ्नै पहलमा गति लिएको उनले खुलेआम दाबी गरिरहेका छन् । अरुको बजेट र आयोजनामा दाबी गरेपनि  चुनावताका निकै चर्का भाषण र  विभिन्न योजना सहितका घोषणापत्र जारी गरेका चौधरीले जिल्लामा आफ्नै पहलमा कुनै ठोस काम भने गर्न सकेका छैनन् । यतिसम्म कि नागरिकता विहीनले नागरिकता समेत चौधरीकै पहलमा सरकारले बिधयेक ल्याएको जिल्लामा भ्रम छन् चौधरीले भ्याइरहेका छन् । सुस्ता डुबानलाई सयौँ घर निर्माण गरी डुबान मुक्त बनाइने उद्घोष गरेका चौधरीका महत्त्वाकाङ्क्षी योजना मुखारमा मात्रै सीमित रहे । उसो त जिल्लामा उनको सङ्गठन छैन  । केही व्यक्तिको समूहको घेरामा मात्र सीमित छन् उनी ।उनको ‘कर्तुत’ सबै देशले बुझिरहँदा पश्चिम नवलपरासी बासिले मात्रै बुझ्न बाँकी रहेको र त्यो समयले पुष्टि गर्ने जिल्लाका नेताहरू बताउँछन् ।

चौधरी यतिसम्म चलाख छन् कि बर्दघाटको वडा नम्बर १३ मा १० जना अव्यवस्थित सुकुम्वासीको पुर्जा बाँड्दासमेत तयसको सबै जस उनी एक्लैले लिए । उक्त दिन भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले गरेको भाषण समेत सांसद चौधरीले परासीमा रहेको सिद्धार्थ होटेलबाटै मन्त्री श्रेष्ठलेले बोल्ने भाषण पत्रमा आफ्नो पहलमा जनताले पुर्जा पाएको लेख्न लगाएका थिए। मन्त्रीले गरेको भाषणमा विनोद चौधरी बाहेक भूमि आयोग र स्थानीय तहको सहयोग र भूमिकाका बारेका भने कुनै चर्चा गरिएन ।

उनले सुस्तामा स्थापना गर्ने भनेको केराबाट उत्पादित चिप्स उद्योगको योजनासमेत अहिलेसम्म सुरु भएको छैन । एक दुई महिनामा जिल्लामा एकचोटी मात्र झुल्किने चौधरीले चुनाव त जिते तर जिल्लामा सङ्गठनको अवस्थाको बारेमा उनलाई कुनै चिन्ता नदेखिएको कांग्रेसी जनहरु बताउँछन् । उनले आफ्नो सकारात्मक पाटो बाहेक अरू सुन्नै नरुचाउने गरेको उनकै निकटहरू बताउँछन् ।जिल्लामा सचिवालय खोलेर एउटा टिमलाई उनले जिल्लाभरि खटाउने गरेका छन् । आफु केही गर्न नसक्ने र अरुका योजनालाई सधै आफुले गरेको भनेर  भ्रम छरिरहँदा आफुहरुलाई कांग्रेस भन्नै लाज हुन थालेको जिल्लाका कांग्रेसीहरुको गुनासो छ ।

(चक्रपथ)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *