चट्याङ लागेर सुस्तामा एक महिलाको मृत्यु ।

श्याम थापा

सुस्ता २५ बैशाख

पश्चिम नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनी गाउँ बस्ने बर्ष २८ कि पुनम कुशवाहा रहेकी छिन् ।

मृतक कुशवाहाको मंगलवार बिहान करिब ११ बजे तिर चलेकाे हावाहुरिकाे बेला बगैचातिर गएकाे बेला परेकाे चट्याङ लागेर ज्यान गएकाे प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी गराएका छन् ।

प्रहरी निरीक्षक यादवका अनुसार नाङ्गो अँाखाले घटना स्थलमा हेर्दा महिलाको चट्याङ लागेर मृत्यु हुन सक्ने अनुमान गरिएको र अब बाकी पोस्टमार्टमको प्रतिबेदनबाट बल्ल यकिन गर्न सकिने उनले बताए ।

मृतक पुनमको सन्तानमा एक छाेरा र एक छाेरी छन भने श्रीमान वैदेशिक रोजगारको शिलशिलामा सउदी अरबमा कामदार छन् । घटनाकाे खबर पाइ श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किन लागेकाे परिवारिक श्राेतले जनाएकाे छ । उनी घर फर्कीसकेपछि मात्र कानुनी प्रकृया पुरा गरिए पश्चात शदगत गरिने परिवारजनले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *