ग्रीनहिलसिटी समाजद्वारा भोकालाई भोजन

सन्जित शर्मा

बैषाख १५ नवलपरासी

लक् डाउनका कारण शहरमा भोक भोकै बस्न बाध्यभएका ज्यालादारी मजदुर गरेर पेट पाल्ने मजदुरर उनीहरुका परिवारलाई कागेश्वरि मनोहरा नगरपालिका वडा नम्बर ६, मा अबस्थित ग्रीनहिलसिटी समाजको आयोजना र यस समाजमा बसोबास गर्ने व्यक्तिहरुको सहयोगमा बैसाख१३ गते देखि गरिब,ज्यालादारी मजदुर र उनीहरुका परिवारलाई दैनिक ५०० जनालाई निरन्तर भोजन खुवाउने लक्ष्य राखी भोजन खुवाउने कार्य गरिरहेको छ ।

यस समाजले कागेश्वरि मनोहरा नगरपालिका वडा नम्बर ६, गोकर्णेस्वर वार्ड नम्बर ७ र कागेश्वरि मनोहरा नगरपालिकाको समन्वयमा आजका मितिसम्म ५९५ जनालाई भोजन खुवाउने कार्य गरि सकेको छ ।

दैनिक बिहान ९:३०बजेबाट शुरु हुने भोजन खुवाउने कार्य बिहान ११:३०सम्म सम्पन्न भई सक्नेछ ।
यस ग्रीनहिलसिटि समाजका अध्यक्ष श्री बिश्वराज पौडेल (किरण) का अनुसार,अहिले कोरोनाले गर्दा अलपत्रमा परेका गरिब,ज्यालादारी मजदुर र उनीहरुका परिवारहरुको दैनिक जोहो गर्न निकै समस्या र चुनौती भैरहेको अबस्थामा यस ग्रीनहिल सिटि समाज र यसका सदस्यहरुले दैनिक ५०० जनालाई भोजन खुवाउने कार्य गरिरहेको छ ।

यो गरिब मजदुरहरु आफ्नो गृह जिल्ला जान नसकने हुदा उनीहरुलाई दैनिक भोजन गराउन अति आबश्यक भएको हुँदा योनिरन्तर गरिने कुरा ब्यक्त गर्नु भएको छ ।

यो कार्य गर्नका लागि कागेश्वरि मनोहरा नगरपालिकावडा नम्बर ६, गोकर्णेस्वर वार्ड नम्बर ७ र कागेश्वरि मनोहरा नगरपालिकाको सघाई रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *