गुठिप्रसौनी बिओपीका सशस्त्र प्रहरी निरीक्षक खरेल सम्मानित
श्याम थापा
सुस्ता २ पुष।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको झुल्निपुर स्थित सिमा सुरक्षाका लागि राखिएको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बिओपी गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेल सम्मानित भएका छ्न ।
सशस्त्र प्रहरी निरीक्षक खरेलले सिमा सुरक्षा चुस्त दुस्त तथा कडा रूपमा निगरानी राखेको र समाजमा घटने घटनाहरु घटन नदिन विभिन्न तवर तरिकाले सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बिओपी गुठिप्रसौनीले अहम् भुमिका खेलेको र बिभागका अनुसार बिओपीले पुरा गर्नुपर्ने सम्पुर्ण माध्यमहरु पूरा गरेको भन्दै उत्कृष्ट बिओपीमा उनलाई सम्मानित गरिएको हो ।
सशस्त्र प्रहरी नेपाल न ५ बाहिनी मुख्यालयले आयोजना गरेको एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बिओपी गुठिप्रसौनिले गरेको कामको कदर तथा मुल्यांकन गरि सशस्त्र प्रहरी निरीक्षक खरेललाई सशस्त्र प्रहरीका एआइजी नारायण बाबु थापाले पुरस्कार तथा प्रशन्सा पत्रले सम्मान गरेका थिए ।