किशोरकिशोरी संजाल सुस्ताका अध्यक्षमा पुनः आशिष

श्याम थापा

सुस्ता ३ जेठ

किशोरकिशोरी संजाल सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा पुनः आशिष गुप्ता चयन भएका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ स्थित गुदरिया सभा हलमा भएको किशोर किशोरी संजाल सुस्ताको प्रथम अधिवेशन तथा साधारणसभाको भेलाले पुन आशिष गुप्तालाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

भेलाले सम्पूर्ण पदमा सर्वसम्मत रूपमा चयन गरेको हो जसको उपाध्यक्ष पदमा अप्साना खातुन ,सचिवमा सरिता कुमारी गुप्ता,कोषाध्यक्षमा शशिकला सिंह क्षेत्री,सहसचिवमा नबिना पङ्गेनी रहेको छ भने सदस्यहरुमा बिनिता चौधरी,अशोक हरिजन,शशिकला कोइरी,मनिषा कोहार,राजमती हरिजन र बिन्दु कुमारी गुप्ता रहेका छन् ।

भेला तथा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्णलाल मुखियाले अहिलेको समाज परिवर्तन गर्न र बिकासका योजनाहरु सफल पार्न किशोर किशोरीहरुको अहम् भुमिका रहेको र किशोर किशोरीको उमेर एकदमै सिकाइको अवस्थाको उमेर रहेकोले आफ्नो जिवनमा सकारात्मक सोचका सहित सकारात्मक बाटो तर्फ लाग्न सुझाव दिएका थिए ।

त्यस्तै गरि कार्यक्रमका विशेष अतिथि एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले लागू औषधमा फसेका युवा युवतीहरुलाई यस्ता कुलतबाट छुटकारा दिलाउन सुस्ताका किशोर किशोरी संजालले काम गर्दै आएको र बालविवाह न्यूनीकरण गर्नका लागि संजालले अहम् भुमिका खेल्नु पर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा सुस्ता गाउँपालिकाको न्यायीक समितिका न्यायीक प्रशासन संयोजक रेशमा कुमारी जोशी,एबिसी नेपालका प्रतिनिधी सन्जित कुमार शर्मा र पत्रकार लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *