Blog

काकाकुल बनेको उचमी टोललाई प्रतापपुर द्वारा पानी

श्याम थापा

सुस्ता ३२ जेठ

करिब एक महिना देखि काकाकुल भएको पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न १ स्थित उचमी टोललाई प्रतापपुर गाउँपालिकाले पानी पुर्याएको छ ।

बढो तापक्रमको कारण र लामो समय सम्म अकाशे पानी नपरेको कारणले यतिखेर प्रतापपुर गाउँपालिकाको वडा न १ मा रहेको उचमी टोलका ब्यक्तिहरु धारामा पानी आउन छोडेपछि काकाकुल बनेका छन् ।

बर्षेनि पानीको समस्या भोग्दै आएको उचमी टोलका ब्यक्तिहरुले यस बर्ष पनि समस्या भोगेका छन् । करिब १०० घरधुरी रहेको यो बस्तीमा ६० देखि ८० वटा सम्म खानेपानी धारा अर्थात चापाकल रहेको छ तर अहिले भने त्यो धाराहरुमा पानी आउन छोडेको छ ।

गाउँको धारामा पानी आउन छोडेपछि त्यो बस्तीका मानिसहरु करिब २ किलोमीटर पर अर्को बस्तीबाट पानी ल्याएर पिउने गरेको स्थानीय सिताराम यादवले बताए ।

आफुहरुले यो समस्या बारे पालिकामा जानकारी गराएपछि पालिकाले खानेपानीको धारा जडान गर्न खानेपानी पाइप बिछाएर गाउँले लाई प्रतापपुर गाउँपालिकाले पानी खुवाएको छ ।

यसरी जनताको तत्काल समस्यालाई समस्या समाधान गर्न प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधि सकृय रहेको देखिन्छ र जनताको समस्या पालिकामा आउन प्राबिधिक टोलि सहित प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव र पालिका उपाध्यक्ष मान कुमारी चौधरी उचमी टोल पुगेर बस्तीका समस्या सुनेका थिए र तत्काल पानीको समस्या समाधान गर्न कर्मचारीहरुलाई निर्देशन गरि काम सुरु भएको र अहिले बस्तीका ब्यक्तिहरुले पानी खान पाएको स्थानीय अञ्जली केवटले बताइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *