एबिसी द्वारा पाल्हीनन्दनलाई स्वास्थ्य सामग्री सहयोग ।

श्याम थापा,बैषाख ९ नवलपरासी

गैरसरकारी संस्था एबिसी नेपाल भैरहवा द्वारा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि पालिकाले चालेको कदमलाई थप सहयोग गर्नका लागि एबिसी नेपाल भैरहवाले स्वास्थ्य सामग्री साबुन,सर्जिकल माक्स र सानिटाइजर पाल्हीनन्दन गाउँपालिकाको कार्यालयलाई उपलब्ध गराएको संस्थाका फिल्ड अधिकृत सन्जित कुमार शर्माले बताएका छ्न ।

एबिसी नेपाल संस्थाका फिल्ड अधिकृत शर्माले २ हजार हात धुने साबुन,६० पिस सानिटाईजर, १ हजार ४ सय सर्जिकल माक्स पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तालाई हस्तान्तरण गरेका हुन् ।

एबिसी नेपालले पाल्हीनन्दन गाउँपालिकामा किशोर किशोरीहरुको क्षमता बिकासका लागि संवाद कार्यक्रम संचालन गर्दै आएको छ भने पालिका भरी ४८ वटा संवाद कक्षा संचालन भइरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *