उखु कृषक सहकारीको कुल ८१ लाख बराबरको कारोबार

श्याम थापा

सुस्ता २० माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा रहेको उखु कृषक कृषि सहकारी संस्था लिमिटेडले यस आर्थिक बर्षमा कुल ८१ लाख बराबरको कारोबार गरेको छ ।

उखु कृषक कृषि सहकारी संस्था लिमिटेड बेलाटारीका अध्यक्ष राम ब्यास यादवको अध्यक्षयतामा र ज्योति बिकास बैंक शाखा कार्यालय परासीका प्रमुख दिपक अधिकारीको प्रमुखअतिथ्यतामा भएको उखु कृषक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभामा लेखा समितिका सदस्य बालकृष्ण पङ्गेनीले संस्थाको बार्षिक आर्थिक प्रगति प्रतिबेदन गर्दै सहकारी संस्थाले आर्थिक बर्ष ०८०/०८१ मा कुल ८० लाख १९ हजार ९ सय २ रुपैया २१ पैसा कारोबार गरेको प्रतिबेदनमा प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका अध्यक्ष यादवले आफुहरुको सहकारी संस्थाले दिन प्रतिदिन प्रगति गर्दै गइरहेको र अगामी दिनमा यस क्षेत्रका उखु किसानहरुको पिडामा मलम लगाउन केही हदसम्म उखु कृषक कृषि सहकारी संस्थाले गर्ने बताउदै सहकारीलाई थप समुदायमा बिस्तार गर्न सम्पूर्ण संचालक समितिले आ आफ्नो तरिकाले भुमिका खेलेको र अझ खेल्नुपर्ने उनले बताए ।

बार्षिक साधारणसभाका प्रमुख अतिथि एवं ज्योति बिकास बैंक शाखा कार्यालय परासीका प्रमुख दिपक अधिकारीले सहकारीको मर्म र सहकारीको सिद्धान्तबारे उजागर गर्दै सहकारीले सामान्य आम नागरिकको सहकर्मी भएको र ऋण लिने र दिने अनि बचत गर्ने वातावरणमा अहम् भुमिका खेलेको बताएका छन् ।

सो बार्षिक साधारणसभामा उखु कृषक कृषि सहकारी संस्थाले प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका भित्र मात्र नभई समग्र रूपमा एक दिन जिल्लाकै नमुना सहकारीको स्थापना हुने र उखु किसानहरुको एक किसिमको सहयात्रीको रूपमा यो सहकारी स्थापित हुने वक्ताहरुको जोड रहेकोे थियो ।

बार्षिक साधारणसभाको सफलताको कामना गर्दै युवा समाजसेवी धिरज त्रिपाठीले सहकारीले समुदाय र समाजको अवधारणालाई बिकास र निकासको काम गर्ने हुदा सहकारीमा जति संचालक समितीको जिम्मेवारी हुन्छ त्यतिनै सामान्य शेयर सदस्यको पनि उतिकै जिम्मेवारी हुने बताए ।

त्यसैगरी ज्ञान प्रसाद पाठक ( सन्तोष )ले सहकारीमा सबैभन्दा महत्त्वपूर्ण भनेको बचत हो बचतलाई नियमित तथा अनिवार्य मासिक रूपमा सम्पूर्ण शेयरसदस्यहरुले बचत गर्नुपर्ने बताएका छ्न भने जिल्ला सहकारी संघ नवलपरासीका कोषाध्यक्ष हैदर मोमिन अलिले सहकारीले समाजिक,आर्थिक र सास्कृतिक गरि तिन क्षेत्रमा अहम् भुमिका खेल्ने र सहकारीका सम्पुर्ण शेयर सदस्य एवं संचालक समितिका पदाधिकारीहरुलाई सहकारी शिक्षा तालिम लिन आवस्यक रहेको उनले बताएका छन् ।

बि:स २०७७ सालमा स्थापना भएको उखु कृषक कृषि सहकारी संस्थामा अहिलेसम्म कुल ६१ जना शेयर सदस्य रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *