अवैध रूपमा भारतबाट ल्याउदै गरेको चिनी र भारतीय नागरिक क्लबले नियन्त्रणमा लिइ प्रहरीलाई बुझायो ।
श्याम थापा
सुस्ता १ बैषाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा यति खेर तस्करहरुको तस्करी हब बन्न थालेको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुने उच्च जोखिम न्यूनीकरण गर्नका लागि देशले जारी गरेको लकडाउनको मौका छोपी रातीको समयमा सिमा क्षेत्र बसेका भारतीय र नेपाली तस्करहरुले सुस्ता ५ पक्लिहवालाई यतिखेर तस्करी मुल हब बनाएर प्रयोग गर्दैछ । सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेपनि सुरक्षाकर्मीहरुको आँखा छलेर रातीको समयमा गएराति भारतको तेलफाल जङ्गल र नारायणी नदिको बाटो प्रयोग गरि अवैधरुपमा ल्याउदै गर्दा सुस्ता ५ पक्लिहवाको सकरदिन्ही स्थित नदि पारी सुस्ता र पक्लिहवा जोड्ने झुलुङ्गेपुल निर्माण भइरहेको स्थलबाट भारी मात्रामा चिनी,मल खाद,मदिरा,एक भारतीय नागरिक र भारतीय नम्बरको मोटरसाइकललाई श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका टिमले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनिलाई संयुक्तरूपमा बुझाएको छ । क्लबले नियन्त्रणमा लिएका अवैधरूपका भारतीय सामग्री ८ बोरा करिब ८ क्युवन्टल चिनी,१ बोरा युरिया मल र १ सय पोका मदिरा सहित भारतको महाराजगन्ज जिल्ला गेडहवा बस्ने जवाहिर बिन र उनले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलाटारीलाई गएराती १ बजेको समयमा बुझाएको क्लबका अध्यक्ष टेक बहादुर मगरले बताएका छ्न । क्लबले नियन्त्रणमा लिएर बुझाएको सामग्री भन्सारलाई बुझाउने र पक्राउ परेका भारतीय नागरिक बिनसंग थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छ्न ।