अबकाे सरकार काङ्ग्रेसकाे हुन्छ :नेता कण्डेल ,कलवार र खनाल

सुस्ता सन्देश

नवलपरासी १३ पुष

प्रधानमन्त्री अाेलि सरकारले गरेकाे ससद बिघटनकाे बिरुद्ध मा अाज पश्चिम नवलपरासीमा नेपाली कान्न्ग्रेस नवलपरासी ले बिराेध प्रदर्शन गरेकाे छ । प्रतिनिधि क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले अायाेजना गरेकाे बिराेध प्रदर्शन कार्यक्रम गाेपिगन्ज चाेकबाट सुरु भई माेटरसाईकल र्याली बर्दघाटमा पुगि काेण सभा सम्पन्न भएकाे हाे ।

काेण सभामा बाेल्दै पुर्व सासद देवकरण कलवार सन्तुले संसद् विघटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चितताका लागि निरन्तर खबरदारी गरिने बताएका छन् ।
कांग्रेस नवलपरासी क्षेत्र नं. १ले सोमबार बर्दघाटमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता कलवारले संसद् विघटन गर्न सरकारले चालेका कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने बताउँदै सर्वाेच्चले सरकारकै पक्षमा फैसला गरे निर्वाचनको सुनिश्चितताका लागि कांग्रेसले निरन्तर खबरदारी गर्ने बताएका हुन्

यसै गरि सभामा बाेल्दै अर्का पुर्व सासद बिक्रम खनालले ‘जबसम्म सरकारको कदम सच्चिँदैन, तबसम्म हामी पटक-पटक विरोध गरिरहन्छौँ,’ उनले भने, ‘यति मात्र होइन, सर्वोच्चले संसद् विघटनलाई सदर गरिदियो भने पनि निर्वाचनको सुनिश्चितताका लागि पनि नेपाली कांग्रेसले विरोध गरिरहनुपर्ने आवश्यकता छ ।’
नेता खनालले सरकारको कदमविरुद्ध कांग्रेस सडकमा आएकाले सडकबाटै निर्णय गरेर अघि बढ्ने बताए ।

उनले देशमा भ्र्ष्टरचार,महिला हिसा ,बेराेजगारी बढदै गईरहृकाेले अाेलि सरकारलाई हटाउनपर्ने कुरामा जाेड दिनु भयाे । सरकारले जनतालाई राहत दिन नसक्नुले यस्ताे सरकारकाे रवैया सहन अब नसकिने बताउनु भयाे ।
‘प्रधानमन्त्रीले निरन्तर अलोकतान्त्रिक र असंवैधानिक कदमलाई संसद् चलेका बेला साथ दिने प्रचण्ड- माधव नेपालको पनि हामी विरोध गर्छौं’, उनले भने, ‘संसद्‍मा हुँदा उहाँहरूले जति पनि विधेयक ल्याउनुभयो, सरकार निरंकुशतातिर अगाडि बढ्यो वहाले जिकिर गर्नु भयाे।कार्यक्रम मा नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारी ,युवा नेवा नेता उमेश चन्द्र यादव ,बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ लगायतले बाेल्नु भएकाे थियाे ।

यसै‌ गरि प्रतिनिधि क्षेत्र न २ परासीमा पनि सरकार बिरुद्ध नेपाली कान्ग्रेसले बिराेध प्रदर्शन गरेकाे छ।सरकारले गरेकाे ससद बिघटनकाे बिरुद्ध मा प्रदर्शन गरेकाे हाे। माेटरसाई र्याली पछि परासीमाे बुध्द चाेकमा भएकाे काेण सभा लाई सम्बाेधन गर्दै पुर्व गृहराज्यन्त्री देवेन्द्रराज कण्डेल (मुन्ना बाबुले) अब नेपाल मा कम्युनिस्ट हरु सकिने ठाेकुवा गर्नु भयाे ।

नेपाली कान्ग्रेसलाई नहेर्ने अाेलि सरकार अब कम्युनिस्ट हरुकाे पत्तासाफ हुने दिन अाएकाे वहाले बताउनु भयाे ।अब देशकाे निकास कान्ग्रेसले मात्र दिन सक्ने भएकाेले सम्पुर्ण लाेकतन्त्रबादीहरु एकजुट भई अगाडि बढनुपर्ने कुरा वहाले बताउनु भयाे । जवजव देशमा सकट अाउछ अनि तबतब नेपाली कान्ग्रेसले सकटबाट बचाउछ ।

अब देशमा नेपाली कान्ग्रेसकाे बहुुमतकाे सरकार बन्छ वहाले जिकिर गर्नु भयाे ।कार्यक्रम मा प्रेश सदस्य बैजनाथ जैसवाल,जिला सभापति बिष्णु पाैडेल रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता लगायतले बाेल्नु भएकाे थियाे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *