सुस्तामा ३ सय जनाले लियो दन्त सेवा

श्याम थापा

सुस्ता १५ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब ३ सय जनाले दन्त सेवा लिएको छ ।

गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुस्ता गाउँपालिकाले सुस्ताबासीहरुलाई दन्त सेवाको लागि निशुल्क दन्त शिविर संचालन गरेको हो ।

सुस्ता गाउँपालिकाको आयोजना र आधुनिक समाज डेन्टल केयर प्राइभेट लिमिटेड रुपन्देही बुटवलको प्राबिधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा करिब ३ सय जनाले सेवा लिएको सुस्ता गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी गराएका छन् ।

स्वास्थ्य सेवाबाट पछि मानिने सुस्ता गाउँपालिकामा निशुल्क सेवाको रूपमा दन्त शिविर संचालन गरेर सुस्ताबासीलाई केही हदसम्म राहत मिलेको दन्त सेवा लिन आएका एक बिरामीले बताए ।

निशुल्क दन्त शिविर कार्यक्रमको उद्द्घाटन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले पालिका नागरिकको स्वास्थ्य प्रती एकदमै गम्भीर रहेको हुँदा स्वास्थ्य सम्बन्धि विभिन्न निशुल्क शिविर गाउँपालिकाले निरन्तर आयोजना गर्ने र पालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको भरपुर लाभ उठाउनको लागि सुस्ताबासीलाई उनले आग्रह गरेका छन् ।

त्यस्तै पालिकाकि उपाध्यक्ष गिता चौधरीले स्वास्थ्य जस्तो विषयलाई पालिकाले आत्मसात गरेर पहिलो प्राथमिकतामा राखेर अघि बढेको कारण सुस्ताका सम्पूर्ण नागरिकको स्वास्थ्यको जिम्मेवारी प्रती पालिका गम्भीर रहेको बताइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *