सुस्ताका महिलालाई कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण

श्याम थापा

सुस्ता १६ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का महिलाहरुलाई कानुनी अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले सम्पन्न गरेको छ ।

हाम्रो अभियान ,आत्मनिर्भर छोरीका सम्मान भन्ने मुल नाराका साथ छैठो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला तथा बालबालिका शाखा सुस्ता गाउँपालिकाले सुस्ता गाउँपालिका अन्तर्गत रहेका महिला संजालका पदाधिकारीहरुलाई एक दिने कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीको अध्यक्षयता र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिकाको वडा न १ देखि वडा न ५ सम्म गरि करिब ६० जना महिलाहरुको सहभागिता रहेकोे थियो ।

अभिमुखिकरण कार्यक्रमलाई उद्द्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले देशमा अहिले पनि महिलाहरु आफ्नो हक अधिकार माग्नको लागि पछि परेका छन् भन्दै आफ्नो हक अधिकार माग्नको लागि निदाउन नहुने सहभागी महिलाहरुसंग आग्रह गरेका थिए ।

त्यस्तै अभिमुखिकरण कार्यक्रमका अध्यक्ष एवं सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले महिला दिदीबहिनीहरुले अधिकार संग संगै आ आफ्नो कर्तव्य प्रति पनि ध्यान राख्नुपर्ने र अभिमुखिकरण कार्यक्रममा आफुहरुले सिकेका कुराहरू छरछिमेकमा रहेका महिला दिदिबहिनीहरुलाई पनि जानकारी दिनुपर्ने बताएकी छिन् ।

त्यसैगरी सो अभिमुखिकरण कार्यक्रमका विशेषअतिथि एवं सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले देशमा महिलाको अहम् भुमिका रहेको महिलाको कारणले घर परिवार,गाउँ घर र देशमा नै एक किसिमको सद्भाव कायम राख्नको लागि महिलाहरुको ठुलो योगदान रहेकोे र महिला दिदीबहिनीहरुले आफ्नो हक अधिकार बारे कहिले पछि पर्न नहुने बताएका छन् ।

अभिमुखिकरण कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख साबित्रा आले मगरले गरेकी थिइन् भने अभिमुखिकरण कार्यक्रमको सहजीकरण अधिवक्ता सरस्वती शर्माले गरेकी थिइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *