सुस्ताका कर्मचारीको तलब कट्टी बिपद कोषमा,जनप्रतिनिधि भने मुख हेराहेर
श्याम थापा
नवलपरासी १ बैषाख
बिश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण र बिपद व्यवस्थापनका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले संचालनमा ल्याएको बिपद प्रकोप व्यवस्थापन कोषमा पालिकाका सम्पूर्ण कर्मचारीहरुले दिन अनुसारको तलब कट्टी गरि करिब २ लाख बराबर रकम आर्थिक सहयोग गरेका छ्न । सुस्ता गाउँपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रसाद ढकालले १ लाख ८७ हजार २ सय १७ को चेक सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेयलाई हस्तान्तरण गरेका हुन । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागी देशमा जारी भएको लकडाउनका कारणले गर्दा ज्यालादारी गरि खाने अतिबिपन्न परिवारलाई खाद्यान्न सहयोग र स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्रीको सहयोग जस्ता कार्यमा थप मदत पुर्याउने उद्देश्यले पालिकाको बिपद प्रकोप व्यवस्थापन कोषको लागि आर्थिक सहयोग गरिएको योजना तथा प्रशासन प्रमुख ढकालले बताए । यसरी एउटा कर्मचारीहरुले देशमा परेको बिपदलाई न्यूनीकरण गर्नका लागी आ आफ्नो तलबबाट दिन अनुसारको रकम कट्टी गरि कोषको लागि आर्थिक सहयोग गरेका छन् भने सुस्ता गाउँपालिकाको जनप्रतिनिधिहरुले एक अर्काको मुख हेराहेर गर्दै बसेका छ्न । आफुहरुलाई जनताको प्रतिनिधि भन्न रुचाउने जनप्रतिनिधिहरु अहिले जनताले दिनरात छाक टार्न धौधौ भएको बेलामा अरुले दिएको राहतहरु वितरण गर्न ब्यस्त भएका छ्न । हुन पनि हो जनप्रतिनिधिले कोषमा रकम सुरुवात नगर्नुको कारण सरकारबाट तलब नपाएर होकि जस्तो पनि लाग्छ तर जनताको सेवा गर्न आएको जनप्रतिनिधिहरुलाई तलबले किन रोक्यो होला आर्थिक सहयोग गर्न,भनिन्छ नि केही कुराको परिवर्तन ल्याउनु छ भने पहिला आफैबाट सुरुवात गर्नु पर्छ त्यसैले सुस्ताको बिपद प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग बटुल्ने हो भनी आजै देखि जनप्रतिनिधिहरुले सुरुवात गर्नी होकि?