headline local News Sport News

सुस्ताका अध्यक्ष उपाध्यायले बिद्यालयका शिक्षकसंग छ्लफल गर्दै

श्याम बुचा

सुस्ता ६ असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्याय यतिखेर सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु संग शिक्षा सम्बन्धि समसामयिक बिषयमा रहेर बिद्यालयमा छलफल गर्दै हिडेका छन् ।

पालिका अध्यक्ष उपाध्यायले सामुदायिक बिद्यालयमा अध्यापन गराउनेहरु शिक्षकहरु संग छलफलको क्रममा आज बिहिवारका दिन सुस्ता गाउँपालिका वडा न १ मा रहेकोे राष्ट्रिय माध्यमिक बिद्यालय छिबनीमा अध्यापन गराउने शिक्षकहरुसंग छलफल गरेका हुन् ।

छ्लफलको क्रममा सुस्ता गाउँपालिका अध्यक्ष उपाध्यायले अत्याधिक बढ्दो गर्मी मौसमको कारणले सुस्ता गाउँपालिकाले बिद्यार्थीहरुलाई मध्यनजर गर्दै असार १५ गते सम्म बिद्यालयहरु बिहानी कक्षा संचालनको निर्णय पश्चात के कस्तो प्रभावकारी रहेको र सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार गरि गुणस्तरीय शिक्षा कायम गर्न पालिका र बिद्यालय तथा शिक्षकहरुको भुमिका बिषयमा केन्द्रित रहेर छलफल भएको थियो । छ्लफलको क्रममा पालिका अध्यक्ष उपाध्यायले कक्षा कोठा को पनि अनुगमन गर्दै बिद्यार्थीहरु संग पनि छ्लफल तथा अन्तरक्रिया गरेका छन् । 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *