फेयरमेडले स्वयं हेरचाह समुहका ब्यक्तिलाई आत्मनिर्भर बनाउदै

सुस्ता सन्देश डेक्स

सुस्ता १९ माघ

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेयर मेड फाउन्डेसन नेपालले स्वयं हेरचाह समुहमा आबद्ध ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन थालेको छ ।

उपेक्षित उष्ण प्रदेशिय रोगहरुबाट प्रभावित ब्यक्तिहरु अर्थात कुष्ठरोग,हात्तीपाइले जस्ता रोगबाट प्रभावित भइ समाजिक,राजनीतिक र आर्थिक हैसियतमा पछि परेका र पछाडि पारिएका ति प्रभावित ब्यक्तिहरुको राजनीतिक,समाजिक र आर्थिक हैसियतमा वृद्धि गरि आत्मनिर्भर बनाउनको लागि फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट द्वारा सयुक्त साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा स्वयं हेरचाह समुहलाई जिविकोपार्जनका लागि आधारभुत उधमशिलता सम्बन्धि ३ दिने पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सम्पन्न गरेको छ ।

जिल्लाको रामग्राम नगरपालिका वडा न १८ बन्जरियामा रहेकोे श्री बन्जरिया माई स्वयं हेरचाह कृषक समुहका पदाधिकारीहरुलाई घरमै बसेर साना साना उधम गरि आम्दानी गरि एक किसिमको ब्यबसायकर्मी बनेर केही आम्दानी गरेर आफ्नो जीवन स्तरमा सुधार ल्याउन र जिवनयापन गर्न सहज हुने उद्देश्यले फेयर मेड फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जिविकोपार्जनका लागि आधारभुत उधमशिलता सम्बन्धि तालिम आयोजना गरिएको फेयर मेड फाउन्डेसन नेपालका साझेदार तथा स्वास्थ्य सुशासन विशेषज्ञ तुलसीराम खनालले बताएका छन् ।

विशेषज्ञ खनालका अनुसार हाम्रो समुदायमा अझ पनि उपेक्षित उष्णप्रदेशिय रोग अन्तर्गत कुष्ठरोग र हात्तिपाइलेबाट प्रभावित भएका ब्यक्तिहरु लुकेर बसेका छन् र उनीहरुलाई समाजले पनि हेप्या दृस्ठिकोणले हेर्ने गरेको र राज्यबाट पनि उपेक्षित(बेवास्ता) भएको कारणले कतिपय ब्यक्तिहरु समाजिक र आर्थिक हैसियतले अझ पछाडि धक्लिनुको साथै ति प्रभावित ब्यक्तिहरु अपाङ्गता हुन तर्फ जादै गरेका छन त्यही भएर केही हदसम्म यस्ता प्रभावित ब्यक्तिहरुलाई अपाङ्गता बाट बचाउन र समाजिक तथा आर्थिक रूपमा हैसियत वृद्धि गराउनका लागि फेयर मेड फाउन्डेसन र इन्द्रेणी सामाजिक बिकास मञ्चको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले सन २०१९ देखि पश्चिम नवलपरासीको सात वटै स्थानीय तहमा काम गर्दै आएको उनले बताए ।

त्यस्तै आधारभुत स्वास्थ्य परियोजनाका जिल्ला संयोजक एवं इन्द्रेणी सामाजिक बिकास मञ्चका सुचना अधिकारी पुष्पराज आचार्यले इन्द्रेणीले नवलपरासीमा बर्षो देखि सामाजिक रूपमा काम गर्दै आएको र आधारभुत स्वास्थ्य परियोजनाले आफ्नो जिल्लाको सात वटै स्थानीय तहमा कार्य क्षेत्र बनाई स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र जिल्लामा ९ वटा स्वयं हेरचाह समूह रहेको र सबै समुहका पदाधिकारीहरुलाई जिविकोपार्जनका लागि आधारभुत उधमशिलताको तालिम निरन्तर रूपमा संचालन गर्ने बताएका छन् ।

स्वयं हेरचाह समुहलाई जिविकोपार्जनको लागि आधारभुत उधमशिलता सम्बन्धि तालिममा समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा के कसरी व्यवसायकर्मी बन्ने र कसरी आफ्नो व्यवसायलाई अगाडि र निरंतरता दिन सकिन्छ र सो व्यवसायबाट कसरी आत्मनिर्भर बन्न सकिने आधार संग संगै आगामी दिनमा व्यवसायी योजना कसरी तयार गर्ने र समुह परिचालन कसरी गर्ने लगायतका बिषय समावेश गरि तालिममा प्रशिक्षण गरिएको थियो भने तालिमको सहजीकरण हरि प्रसाद घिमिरेले गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *