प्रतापपुरमा बाल अधिकार संरक्षण सम्बन्धि र्याली
सुस्त सन्देश डेक्स
प्रतापपुर २९ पुस
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ८ मा बाल अधिकार र बाल संरक्षण बारे जनचेतनामूलक र्याली कार्यक्रम भएको छ ।
“बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी” एवं हामी सबैको सार्थक प्रयास,प्रतापपुरको समग्र बिकास भन्ने मुल नाराको साथ इन्द्रेणी सामाजिक बिकास मञ्च तथा युनाइटेड मिसन टु नेपाल,एकता युवा क्लब प्रतापपुर ९ को समन्वयमा,वडा स्तरीय बाल क्लब,वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा र प्रतापपुर गाउँपालिका वार्ड न. ८ को वडा कार्यालयको आर्थिक सहयोगमा भएको बाल अधिकार र बाल संरक्षण सम्बन्धि जनचेतनामूलक र्यालीमा प्रतापपुर गाउँपालिकाको वार्ड न ८ स्थित बद्रीघाट,अढार टोल र गङ्गापुर टोलमा छोराछोरी बराबरी,बाल अधिकार सुनिश्चित गरौं,बाल अधिकारको रक्षा गरौं,बाल बिवाहा अन्त्य गरौं,बाल हिंसा बन्द गरौं र बाल श्रम अन्त्य गरौं जस्ता लगायतका नारा सहित टोलमा र्याली परिक्रमा गरेको हो ।

र्याली परिक्रमा पश्चात कोणसभामामा प्रणत भएको थियो भने कोणसभामा कार्यक्रममा इन्द्रेणी सामाजिक बिकास मञ्च बाल अधिकार परियोजनाका फिल्ड सुपरभाइजर मन्जु कुमारी श्रेष्ठले बालबालिकाको हक अधिकारको लागि बालबालिकाले मात्र नभई अभिभावक लगायत सरोकारवाला ब्यक्तिहरुले पनि यस बिषयमा मध्यनजर गर्नुपर्ने आवस्यकता रहेको बताइन् ।
त्यसैगरि कोणसभामा कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका वार्ड न ८ का वडा अध्यक्ष सन्तोष राजभरले आफ्नो कार्यकालमा बालबालिकाको हक अधिकारको लागी वडा कार्यालय निरन्तर लाग्ने बताएका छन् ।
सो कोणसभामा कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजा गोसाईले हामिहरु बालबालिकाहरुको अधिकारको लागि एकजुट भइ लाग्नुपर्ने र आफ्नो क्लबले बाल अधिकार मात्र नभई समाजमा रहेका बिकृतीलाई न्यूनीकरण गर्न सधैं तत्पर रहेको उनले बताए ।
इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिसन टु नेपालले बिगत बर्ष देखि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा कार्य क्षेत्र बनाई बाल अधिकार सम्बन्धि परियोजना संचालन ल्याएको छ उक्त परियोजना लागू भए देखी यता प्रतापपुर गाउँपालिकामा बाल क्लबहरु गठन तथा सक्रिय हुन थालेको पाएको छ ।